ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२८ जलविद्युत् कम्पनीमध्ये ७ घाटामा 

बुटवल पावरको नाफा सबैभन्दा बढी

Mar 10, 2020  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २८ जलविद्युत् कम्पनीमध्ये ७ ओटा कम्पनी घाटामा छन् । अपर तामाकोशीसहित साञ्जेन जलविद्युत्, रसुवागढी, माउन्टेन हाइड्रो, खानीखोला हाइड्रो, दिव्यश्वरी र आँखुखोला जलविद्युत् कम्पनी घाटामा हुन् । धितोपत्र बजारमा ३३ जलविद्युत् कम्पनी सूचीकृत रहे पनि हिमालयन पावर पार्टनरले नाफानोक्सान हिसाब गरेको छैन । त्यस्तै, अन्य तीन कम्पनीले हालसम्म त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

नाफा कमाउनेमध्ये सबैभन्दा बढी नाफा गर्नेमा बुटवल पावर रहेको छ । दोस्रो त्रैमाससम्म बुटवल पावरले रू. ८५ करोड ८८ लाख नाफा गरेको छ । गत वर्ष यस अवधिमा बुटवल पावरको नाफा रू. ७५ करोड ८२ लाख थियो । यस अवधिमा बुटवल पावरको आम्दानी रू. ४० करोड ४७ लाखभन्दा बढी छ । गत वर्ष यो आम्दानी रू. ३८ करोड ४० लाख थियो । यो कम्पनीको चूक्तापूँजी रू. २ अर्ब ६८ करोड ३८ लाख ८२ हजार छ । कम्पनीको प्रतिशेयर आम्दानी रू. ३२ छ । 

यो वर्ष सबैभन्दा बढी नाफा बढाउनेमा अरुण काबेली पावर रहेको छ । अरुण काबेलीले यस वर्षदेखि विद्युत् उत्पादन शुरू गरेकाले नाफामा करीब १६ गुणा वृद्धि देखिएको हो । गत वर्ष रू. २५ लाख ५१ हजार नाफा गरेको कम्पनीले यस वर्ष रू. ४ करोड २८ लाख ७३ हजार नाफा गरेको हो ।

गत वर्षको यस अवधिसम्म घाटामा रहेको पाँचथर पावर कम्पनीले यस वर्ष भने सुधार गरेको छ । गत वर्ष रू. १२ करोड ६ लाखभन्दा बढी घाटा बेहोरेको पाँचथर पावरले यस वर्ष रू. ८ करोड १७ लाख ८५ हजार नाफा गरेको छ । 

यस त्रैमासमा पानीको बहाव ज्यादा हुने हुनाले वार्षिक औसतभन्दा ज्यादा विद्युत् उत्पादन भई विद्युत् विक्रीबापतको आम्दानी बढी भएको कम्पनीले बताएको छ । गत वर्ष रू. २४ करोड ७७ लाख आम्दानी गरेको कम्पनीले यस वर्ष रू. २४ करोड ९९ लाख आम्दानी गरेको छ । गत वर्ष आय करबापत रू. ४ करोड ४८ लाख बुझाएको कम्पनीले यस वर्ष रू. ५८ लाख ३६ हजार मात्र बुझाएको छ । 

पाँचथर पावरले घाटालाई सुधारेर नाफा गरिरहँदा आँखुखोला जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोले भने यस वर्ष घाटा बेहोरेका छन् । गत वर्षको यस अवधिसम्म रू. २० लाखभन्दा बढी नाफा गरेको पाँचथर पावर यस वर्ष रू. ९१ लाख ५४ हजार घाटामा छ । 

गत वर्ष रू. १२ करोड ३० लाख आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १२ करोड २७ लाख आम्दानी गरेको छ । त्यस्तै गत वर्ष रू. १ करोड ४९ लाख नाफा गरेको रसुवागढी हाइड्रोले यस वर्ष भने रू. २ करोड १० लाख ११ हजार घाटा बेहोरेको छ । यस कम्पनीले हालसम्म विद्युत् उत्पादन गरेको छैन ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)