ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. ४० करोड लगानीमा औषधि उद्योग स्थापना हुँदै

२०७६ फागुन, ३०  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नरहरि पौड्याल

कास्की । तनहुँमा रू. ४० करोडको लगानीमा औषधि उद्योग स्थापना हुने भएको छ । विभिन्न क्षेत्रमा आबद्ध पोखराका १० जना युवा व्यवसायीको लगानीमा व्यास नगरपालिकास्थित सेवरमा ‘पोखरा फर्मासुटिकल्स प्रालि’ स्थापना गर्न लागिएको हो । उद्योगको भवन निर्माणका लागि बुधवार शिलान्यास गरिएको छ । 

रू. ४० करोडको लागतमा औषधि उद्योग स्थापना गर्न लागेको फर्मासुटिकल्सका अध्यक्ष कालीदास पौडेलले बताए । उनले २ वर्षभित्र उद्योगको भौतिक संरचना निर्माण गरेर आवश्यक उपकरण जडानसहित औषधि उत्पादन थाल्ने बताएका छन् । ‘उद्योगबाट पहिलो चरणमा विभिन्न ३० प्रकारका औषधि उत्पादन गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘यसमा समान्य पारासिटामोलदेखि एन्टिबायोटिक्स सम्मका औषधि उत्पादन गर्ने योजनामा छौं ।’

विश्व स्वास्थ्य संगठन अन्तर्गतको डब्लूएचओ मापदण्डभित्र रहेर औषधि उत्पादन गर्ने अध्यक्ष पौडेलले बताए । फर्मासुटिकल्सका निर्देशक रवि बरालले पोखराका विभिन्न क्षेत्रमा आबद्ध युवाहरूको अगुवाइमा औषधि उद्योग स्थापना गर्न लागिएको बताए । उनले उद्योगमा फर्मासुटिकल्ससँग सम्बन्धित विषय गरेका तथा  कोरियाका औषधि उद्योगमा काम गरेका अनुभवी व्यक्तिहरूको संलग्नता रहेको बताए । 

निर्देशक बरालले उद्योगबाट पहिलो र दोस्रो चरणमा मुटु रोगसँग सम्बन्धित तथा अन्य रोगका औषधिको पनि उत्पादन थाल्ने तयारी भएको बताए । उद्योगका अन्य सञ्चालकमा कालिदास पौडेल, वनमाली आचार्य, इन्द्र बानिया, डा. प्रकाश थापा, डा. सुजन सिग्देल लगायत छन् । 

४५ रोपनी क्षेत्रफलमा फैलिएको उद्योगको भवन निर्माण र उपकरण जडानको कार्य निर्धारित समयमा नै  सम्पन्न गरिने बताइएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)