ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना त्रास : १५ कम्पनीको  साधारणसभा अन्योलमा

तीन कम्पनीले गरे सभा स्थगित

२०७६ चैत, ९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

काठमाडौं । चैत महीनामा १५ कम्पनीले गर्न लागेका साधारणसभा कोरोना भाइरसको त्रासका कारण अन्योलमा परेका छन् । नेपाल सरकारले सार्वजनिक रूपमा गरिने सभा–म्मेलन तथा औपचारिक कार्यक्रम नगर्न÷नगराउन र २५ जनाभन्दा धेरै भेला नहुन अनुरोध गरेसँगै साधारणसभाबारे अन्योल भएको हो । 

१५ कम्पनीमध्ये तीन कम्पनीले आधिकारिक रूपमा सूचना जारी गरेर साधारणसभा स्थगित गरिएको जनाकारी दिएका छन्  । ङादी ग्रूप पावर, अपी पावर र सेञ्चुरी कमर्शियल बैंकले सभा स्थगित गरेका हुन् । ङादी गू्रप पावरले फागुन २७ गते आयोजना गरेको साधारणसभा स्थगित गरेको हो । यस्तै अपी पावर कम्पनीले चैत ७ गते र सेञ्चुरी कमर्शियल बैंकले आगामी चैत १४ गते गर्ने भनिएको साधारणसभालाई स्थगित गरेका छन् । 

मितेरी डेभलपमेन्ट बैंकले भने शनिवार (चैत ८) गते साधारणसभा गरेको छ । बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निर्णयलाई कार्यान्वयन गर्दै सभा आयोजना गरेको हो । सुनसरीको धरानमा भएको सभामा २५ जनासम्मको मात्र उपस्थिति र अन्यको प्रोक्सीमार्फत उपस्थिति सम्बन्धी व्यवस्था मिलाइएको बैंकले जानकारी दिएको छ । 

यस वर्ष बैंकले १८ दशमलव ५३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)