ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फागुन महीनामा सर्वाधिक कारोबार गर्ने १० कम्पनीमध्ये ६ वाणिज्य बैंक 

नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा

२०७६ चैत, १६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

चैत १६, काठमाडौं । फागुन महीनामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सर्वाधिक रकमको कारोबार गर्ने १० कम्पनीहरुमध्ये ६ ओटा वाणिज्य बैंकहरु रहेका छन् ।

यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन डिष्टिलरी,  शिवम् सिमेण्ट र शिखर इन्स्योरेन्ससँगै ६ ओटा वाणिज्य बैंकहरुको सर्वाधिक कारोबार भएको छ । 
६ ओटा वाणिज्य बैंकहरुमा एनआईसी एशिया, एनएमबि, नबिल, प्रभु, ग्लोवल आइएमई र नेपाल बैंक रहेका छन् । १० कम्पनीहरुमध्ये सर्वाधिक कारोबार रकम नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ ।

उक्त कम्पनीको फागुन महीनामा रू. ३ अर्ब ३० करोडभन्दा बढीको कारोबार भएको छ । फागुन महीनामा नेप्से परिसूचक १ हजार ६२१ दशमलव १७ विन्दुसम्म पुगेको थियो । 

नेप्सेमा पछिल्लो समयको उच्च विन्दु कायम गरेको फागुन महीनामा नेपाल इन्स्योरेन्सको आकर्षक लाभांशको अपेक्षामा लगानीकर्ताहरु आकर्षित भएको देखिन्छ । हाल नेप्से १ हजार २५१ दशमलव ४५ विन्दुमा रहेको छ ।

जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी चुक्तापूँजी रहेको उक्त कम्पनीले आर्थिक वर्ष २०७४/ ७५ को नाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत २३ दशमलव ५ प्रतिशत नगद लाभांश दिएको छ । कम्पनीले गत वर्ष ४२ प्रतिशत बोनस शेयर र २८ दशमलव ५३ प्रतिशत नगद लाभांश दिएको थियो ।

विगतका वर्षहरुमा १२६ दशमवल ३१ प्रतिशत सम्म लाभांश दिएको उक्त कम्पनीले गत आर्थिक वर्ष २०७५/ ७६ को नाफाबाट पनि आकर्षक लाभांश दिने विश्वास लगानीकर्ताहरुको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेपाल लाइफ इन्स्योरेन्सले रू.३५ करोडभन्दा बढी नाफा आर्जन गरेको छ । 

दोस्रो सर्वाधिक कारोबार हुनेमा उत्पादमूलक क्षेत्रको हिमालयन डिष्ट्रिलरी लिमिटेड रहेको छ  । लगानीकर्तालाई राम्रो मुनाफा दिने र राम्रो लाभांश दिने कम्पनीको रुपमा परिचय बनाएको उक्त कम्पनीको रू. २ अर्ब १४ करोडभन्दा बढीको कारोबार भएको छ । 

२७ वाणिज्य बैंकमध्ये राम्रो नाफा आर्जन गरेका र यस वर्ष आकर्षक लाभांश दिएका मध्ये ६ ओटा वाणिज्य बैंकहरुको सर्वाधिक कारोबार भएको हो । वाणिज्य बैंकहरुमध्ये यस वर्ष सार्वधिक ३५ प्रतिशत लाभांश एनएमबि बैंकले दिएको छ ।

दोस्रो बजारमा लगानी गर्नेहरुले छोटो समयमै नाफा कमाउने र आकर्षक लाभांश प्रस्ताव गर्नु अघिनै सुरक्षित गर्ने उदेश्यले शेयर खरीद गर्ने गर्दछन् । 

कम्पनीहरुको लाभांश र वित्तीय अवस्था वाहेक अन्य सकारात्मक गतिविधिले पनि बजार मूल्यमा प्रभाव पार्ने भएकाले प्रभावकारी कार्यप्रणाली भएका कम्पनीहरुको शेयरमा पनि लगानीकर्ताहरुको बढी आकर्षण हुने गरेको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)