ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एक पिन्ट वियरभन्दा सस्तो भयो एक ब्यारेल तेल !

२०७६ चैत, १८  
र यो पनि अन्तरराष्ट्रिय
Aarthik Abhiyan 18th Anniversary Image Not Found

चैत १८, ओट्टावा (क्यानडा) । क्यानडामा अहिले एक पिन्ट (आधा लिटरभन्दा थोरै कम) वियरभन्दा एक ब्यारेल (करीब १५९ लिटर) कच्चा तेल सस्तो भएको छ । 

व्यापारीहरुका अनुसार वेष्टर्न क्यानडा सेलेक्ट (डब्ल्यूसीएस)को भाउ सोमवार प्रतिब्यारेल ४ डलर १८ सेन्ट थियो । यो एक पिन्ट वियरभन्दा कम हो । त्यहाँ एक पिन्ट वियरको मूल्य ५ डलर पर्दछ । 

अहिले चीनको बजार बन्द छ । एशियामा अन्यत्र पठाउन ठाउँ छैन । क्यानडाले गल्फ अफ मेक्सिकोमा रेल र पाइपलाइबाट तेल पाइरहेको छ । यसो गर्दा भने तेल अलि महँगो पर्छ । 

तर विश्वमा सबैतिर तेलको आपूर्ति बढेको छ । तर माग भने खासै छैन । साना तेल बजारले सस्तो भएको बेलामा तेल खरीद बढाएको भएपनि यसलै समग्र विश्वव्यापी मागलाई खासै टेवा दिन सकेको छैन । 

मागको झट्का तेलको मूल्यका लागि अति नै ऋणात्मक रहेको र कच्चा तेलको भाउ निरन्तर घटाइरहेको एक नोटमा गोल्डम्यान श्याख्सले लेखेको छ । 
पछिल्लो अवस्थालाई उत्पादकहरुले तेल बेचेर पैसा लिनभन्दा पनि तेल लिउ भनेर अरुलाई पैसा दिइरहेका रुपमा विज्ञहरुले अथ्र्याएका छन् ।

तेल उत्पादन केन्द्र बन्दै गरेर बस्न वा पुनः उत्पादन सुचारु गर्न निकै महँगो पर्ने भएकोले उनीहरुले सस्तोमै बेचिरहेको विश्लेषक बताउँछन् । एजेन्सी
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)