ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर कारोबार बन्दको असर : व्यवसायिक रुपमै लाग्नेहरु तनावमा

२०७६ चैत, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

चैत २४, काठमाडौं । नेपालमा कारोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि सरकारले लकडाउन गरेपछि शेयर कारोबार बन्द अबस्थामा रहेको छ । झण्डै दुई सातादेखि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर कारोबार बन्द गरेको छ ।

सो क्रममा उनीहरु घरमै बसेका त छन् तर कारोबार बन्द हुँदा भने तनावमा रहेको बताएका छन् । शेयर खरीदविक्रीकै आम्दानीबाट गुजारा गर्नेहरु अझै शेयर कारोबार बन्द हुने अवधि लम्बिएपछि तनाब हुन थालेको बताउँछन् ।

शेयर बजार त्यस्तो बजार हो जहाँ तीनदिनभित्र आफ्नो भौतिक सम्पत्तिलाई नगदमा परिणत गर्न सकिन्छ । यस्तो बजारमा सम्पत्ति सुरक्षित गरेका लगानीकर्ताहरु जो यसैबाट आफ्नो आवश्यकता पुरा गर्दै आएका थिए, उनीहरु समस्या परेका छन् । 

पछिल्लो समय बजार घट्दो क्रममा थियो, त्यस्तो अवस्थामा शेयर बेच्न पनि सकिएन अहिले आर्थिक समस्या भयो भन्ने लगानीकर्ता यतिबेला धेरै छन् । यद्यपि सरकारले पूँजिबजार क्षेत्रको लागि पनि केहि राहतको कार्यक्रम ल्याउनु आवश्यक रहेको बताउँछन् । 

सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउन थप एक हप्ता लम्व्याउने भएपछि अब कसरी आर्थिक व्यवस्थापन गर्ने भन्ने चिन्तामा लगानीकर्ताहरु यतिखेर परेका हुन् । 

नेप्सेका महाप्रबन्धक चन्द्र सिंह साउदले लकडाउन थप भए शेयर कारोबार बन्दको अवधि पनि थपिने बताए । 

घरभित्रै उपयोगी समय विताइरहेको बताउने लगानीकर्ताहरु तनाव कम गर्न कोही योग ध्यान गरिरहेका छन् त कोहि किताव पढिरहेको बताउँछन् । साताको पाँच दिन शेयर कारोबारको हुने नेपालका सक्रिय शेयर बजारका लगानीकर्ता सकेसम्म ब्रोकर अफिसमै गएर समय विताउँथे । 

अन्य क्षेत्रमा काम गर्नेहरु जस्तै विहान ११ देखि थपिएको पछिल्लो समय अनुसार दिउँसो ४ बजेसम्म फ्लोरसिट हेर्दै लगानी गर्न रुचाउने लगानीकर्ताहरु यतिवेला घरमै बस्न बाध्य भएका छन् ।

नेप्सेको कारोबार बन्द हुने सूचना थाहा पाएपछि व्यवसायिक रुपमा शेयर खरीदविक्रीमा संलगन व्यवसायीहरु भने यतिवेला के गरिरहेका छन् ? उनीहरुको  राय लिन हामीले प्रयास गर्‍यौं ।

नेपाल इन्भेष्टर्स फोरमका सचिव दुर्गा तिवारी व्यवसायिक रुपमा यहि क्षेत्रमा लागेकाले कारोबार बन्द हुँदा समस्या परेको बताउँछिन् । उनले भनिन्, ‘लकडाउन शुरु भएपछि धेरै तनाब छ । कोरोना संक्रमणका कारण घरभित्रै बस्नु परेको अवस्थामा घरभित्रका काम त छँदैछ यी वाहेक कमेडी फिल्महरु हेरीरहेको छु । यो तनाव कम गर्न कमेडी फिल्महरुले सहयोग गरिरहेको छ । यो अवधिमा भारतको शेयर बजार  बुझ्न त्यहाँको बजार सम्बन्धी आधारभूत र प्राविधिक विश्लेषणका भिडियोहरु पनि हेरिरहेको छु । बैदेशिक लगानी भएका बजारमा ती लगानीकर्ताहरुले गर्ने क्रियाकलाप र त्यसले बजारमा पार्ने प्रभावको पनि अध्ययन गरिरहेको छु ।’

 

शेयर लगानीकर्ता दवाव समूहका अध्यक्ष हरि ढकाल शेयर बजारबाटै कमाएर गुजारा गर्नेहरुलाई यतिवेला धेरै असर परेको बताउँछन् ।

उनी भन्छन्, ‘तत्काल राज्यले शेयर बजारका लागि राहतका केहि चिजहरु र बजार थमौतिका केहि नीतिहरु ल्याउनुपर्छ जस्तो लाग्छ । शेयर बजारको विकास र विस्तारका लागि सधै चिन्तित हुने म यतिवेला कितावहरु पढ्न र योग ध्यान गरेर समय विताइरहेको छु । यो समयमा मेरौ पुरानो प्रकाशन गर्न बाँकी रहेको किताबको लेखनलाई पुरा गर्ने प्रयास गर्दैछु । 

नेपाल पूँजीबजार लगानीकर्ता संघकी  अध्यक्ष राधा पोखरेल लकडाउनका कारण शेयर बजारमा निर्भर भएकाहरु बजार बन्द हुदाँ मारमा परेको बताउँछिन् ।  उनी भन्छिन्, ‘विशेष गरी साना लगानीकर्ता जो हरेक दिन शेयर विक्री गरी गुजारा गर्ने गर्दथे उनिहरु यतिवेला समस्यामा छन् । बजार बन्दनै हुन्छ भन्ने कसले पो सोचेको थियो र । यो अवस्थामा पैसाको जोहो गर्न नभ्याउने लगानीकर्ता साथीहरुलाई लामो समय बजार बन्द भयो भने धेरै समस्या हुने देखिन्छ ।’


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Ram

[Apr 7, 2020 09:51am]

Mar pareko chha tara pani mutu mathi dhunga rakhi hasnu pareko chha lockdown pachhi capital market ma drastic change aaunu parne ho anabadyak halla nabhema ra kehi dhurta le sadyantra nagarema



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)