ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउन थपिने भएपछि नेपाल पुनर्बीमा  कम्पनी आईपीओ बाँडफाँट गर्दै

२०७६ चैत, २३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

चैत २४,  काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ शुक्रवार (चैत २८) गते बाँडफाँट हुने भएको छ । 

कम्पनीले लकडाउनको अवधि एक साता लम्बिने भएपछि आगामी शुक्रवारनै बाँडफाँट गर्ने तयारी गरेको हो । उक्त आईपीओमा सर्वसाधारणको रू. ४ अर्बभन्दा बढी रकम रोक्का भएको छ ।

कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म विक्री गरेको आईपीओ समयमै बाँडफाँट गर्न नसक्दा सर्वसाधारणको मागभन्दा बढीको उक्त रकम रोक्का भएको हो । यो संकटको घडिमा आम सर्वसाधारणको रकम फुकुवा गर्नका लागि पनि कम्पनीले बाँडफाँटको व्यवस्था मिलाउन लागेको हो । 

शेयर बाँडफाँट प्रक्रिया विद्युतीय प्रणालीमार्फत हुने भएपनि बाँडफाँटका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड , बजार सञ्चालक नेपाल स्टक एक्सेञ्ज (नेप्से), सीडीएस एण्ड क्लियरिङ् लिमिटेड, विक्री प्रबन्धक लगायत पारदर्शीताका लागि केहि सञ्चारमाध्यमहरुको समेत उपस्थिति हुनुपर्ने भएकोले थप व्यवस्था मिलाउने प्रयास भइरहेको उक्त  कम्पनीले बताएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले सबैजना उपस्थित हुन सक्ने अवस्था नभए कुनै पनि विकल्प प्रयोग गरेर भएपनि शुक्रवार आईपीओ बाँडफाँट हुने बताए । शुक्रवार कति बजे हुने भन्ने अहिलेनै निश्चित नभइसकेको उनको भनाइ छ ।

कम्पनीले रू.१ अर्ब ६० करोड बराबरको १ करोड ६० लाख कित्ता आईपीओ विक्री गरेको हो । कुल कित्तामध्ये सर्वसाधारणका लागि १ करोड ५१ लाख २६ हजार ५०० कित्ता विक्री गरेको कम्पनीले यस वाहेक ७३ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको छ ।

सर्वसाधारणले उक्त आईपीओमा रू. ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार बराबरको आवेदन दिएका छन् । जुन मागभन्दा रू. ४ अर्ब १५ करोड ४७ लाख ३५ हजार रकम बढी हो । विक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैकिंङले दिएको जानकारी अनुसार उक्त रकम बराबरको आईपीओका लागि ४ लाख ९ हजार ७२२ जनाले आवेदन दिएका छन् ।

विक्री बन्द भएको एक साताभित्र अर्थात् चैत १४ गते बाँडफाँट गर्ने कम्पनीको योजना रहेपनि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेसँगै बाँडफाँट प्रक्रिया रोकिएको थियो  ।

सरकारी स्वामित्वको उक्त कम्पनीको नेटवर्थको आधारमा दोस्रो बजारमा राम्रो मूल्य पाउने र यसै वर्षदेखि लाभांश दिने विश्वासमा लगानीकर्ताहरु रहेको देखिन्छ । कम्पनीले आर्थिक वर्ष २०७७/ ८८ सम्ममा रू. १० अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउने प्रक्षेपण गरेको छ ।

यस आधारमा पनि चालू आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत बोनस शेयर दिने कम्पनीको योजना प्रष्ट देखिन्छ । यस कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१५९ दशमलव ५६ रहेको छ । हाल रू. ८ अर्ब ४० करोड चुक्तापूँजी रहेको  उक्त कम्पनीको आईपीओपछि रू. १० अर्ब चुक्तापूँजी पुग्नेछ । 

कम्पनीको आधारभूत र प्राविधिक पक्षलाई लिएर प्रदान गरिने रेटिङ्ले पनि लगानीकर्ताको मनोवललाई प्रभाव पार्दै आएको छ ।

लगानीकर्ताको उच्च आकर्षण गरेको  उक्त कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत अवस्था भन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ प्रदान गरेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Jenney ghale

[Apr 6, 2020 05:43pm]

Thank you na pareko rakam chalauna paye sajilo hunthyo lockdown feri thapiyo vane



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)