ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर कारोबारमा २०७६ : कारोबार रकमले इतिहास रचेको वर्ष 

२०७७ बैशाख, १  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

वैशाख १, काठमाडौं । नेपालको शेयर बजारले यो वर्ष कारोबार रकममा इतिहास रचेको छ । यस वर्ष शेयर बजारमा एकै दिन रु.४ अर्ब ८४ करोड ७४ लाख बराबरको कारोबार भयो ।

 यो कारोबार हालसम्मकै उच्च रकमको कारोबार हो ।  नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले उच्च कारोबारको यो इतिहास फागुन १८ गते रचेको थियो । उक्त दिन १८३ कम्पनीको शेयर कारोबार भएको थियो । उक्त दिन नेप्से परिसूचक १ हजार ५९१ द्यशमलव ३६ विन्दुमा थियो ।

कारोबार रकमले इतिहास रचेको दिनभन्दा अघिल्लो कारोबार दिन फागुन १५ गते यस वर्षकै उच्च विन्दु १ हजार ६३२ दशमलव १७ नेप्सेले कायम गरेको थियो । नेप्सेले यस वर्षको उच्च विन्दु कायम गरेको दिन १८० कम्पनीको रु. ४ अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको थियो । 

यस वर्षको अन्तिम कारोबार दिन चैत ९ गते नेप्से परिसूचक १ हजार २५१ दशमलव ४५ विन्दुमा बन्द भएको छ । यस वर्षको अन्तिम कारोबार दिनमा १२३ कम्पनीको रु. १९ करोड ४६ लाख बराबरको मात्र कारोबार भएको छ  ।

विसं २०७३ साउन १२ गते नेप्सेले हालसम्मकै उच्च विन्दु १ हजार ८८१ दशमलव ४५ विन्दु कायम गरेको थियो । विगत तीन वर्षदेखि घट्दो क्रममा रहेको बजार गत मंसिर १० गते १ हजार १०९ दशमलव १६ विन्दुसम्म झरेको थियो ।

नेप्सेको हालसम्मकै न्यून यो विन्दु यसै वर्ष कायम भएको हो । यस वर्षको पहिलो कारोबार वैशाख २ गते वर्ष २०७६ को पहिलो कारोबार हुँदा वैशाख २ गते नेप्से १ हजार १८८ विन्दुमा कायम भएको थियो । उक्त दिन रु. ३० करोड ४५ लाख भन्दा बढीको कारोबार भएको थियो । 

यस वर्ष शेयर बजारमा २३१ दिनमात्र कारोबार भएको छ । विश्वलाईनै त्रसित बनाएको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेको विभिन्न प्रयासपछि गत चैत १० गतेदेखि नेपालको शेयरबजार बन्द छ । 

इतिहासमै पहिलो पटक नेपालको शेयर बजार लामो समय बन्द भएको छ र  लकडाउन जारी रहँदा स्थिति कहिले सामान्य हुने हो र शेयर  कारोबार कहिलेबाट खुल्ला भन्ने विषय अन्यौल नै रहेको छ ।
 

यस वर्ष १६ कारोबार दिन शेयर कारोबार हुन सकेन । पूर्ण अनलाईन कारोबार प्रणाली लागू गरेको एक वर्ष गत कात्तिकमा पुरा भएपनि अफलाइन कारोबार गर्ने शेयरधनीको संख्या बढी भएकाले अनलाईनलाई आधार बनाएर बजार खोल्न सम्भव नभएको हो । अनलाईन र अफलाईन दुबै प्रणालीमार्फत कारोबार गर्न पाउने व्यवस्था  भएपछि हालसम्म हाल अनलाईन कारोबार प्रणालीमा १ प्रतिशतभन्दा बढी मात्र आवद्ध भएका छन् । 

कोरोना संक्रमणबट बच्न सामाजिक दुरी कायम गर्नुपर्ने अवस्थाले गर्दा ९८ प्रतिशतभन्दा बढी लगानीकर्ता ब्रोकर अफिसमै धाएर कारोबार गर्ने हुदाँ भिडभाड हुने भन्दै शेयर कारोबार बन्द गर्नुपरेको थियो । यद्यपि शेयर कारोबार बन्द भएको भोलिपल्ट चैत ११ गते देखिनै सरकारले कोरोना रोकथामका लागि गरेको लकडाउन गरेको थियो ।

लकडाउनको चपेटामा परेको शेयर कारोबार लकडाउनको अवधि वैशाख ३ गतेपश्चात पनि थप भएमा खुल्ने नखुल्ने निश्चित छैन । चैत १० गतेदेखि पाँच कार्यदिनका लागि बन्द गरिएको शेयर कारोबार लकडाउनका अवधि लम्विएका कारण निरन्तर बन्द अवस्थामा छ ।

बजार व्यवस्थापक नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद तथा नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) का अध्यक्ष भिष्मराज ढुंगाना दुवैले संयुक्त रुपमा लकडाउन अवधिभर बजार खोल्न नसकिने संक्षिप्त प्रतिक्रिया दिएका छन् । 

उता शेयर बजारबाटनै आफ्नो गुजारा चलाउने साना तथा सक्रिय लगानीकर्ताहरुले भने लामो समय बजार बन्द भए समस्या  भएको भन्दै राहत प्याकेज ल्याउनुपर्ने माग गर्दै आएका छन् । यदि बजार खोल्न अनिश्चित हुने अवस्था आए अनलाईन कारोबार प्रणालीलाई व्यवस्थित बनाई कारोबारको वातावरण मिलाउन पनि कतिपय लगानीकर्ताहरुले सुझाव दिएका छन् । 

शेयर बजार विकास र विस्तारका लागि भएका पहल र अल्झिएका विषय :

पछिल्लो समय शेयर बजारको विकास र विस्तारका लागि सरकारी स्थरबाटै पहल हुन थालेको छ । यस वर्षको बजेटमा शेयर लगानीकर्ताहरुले तिर्नुपर्ने पूँजीगत लाभकर ७ दशमलव ५ प्रतिशतदेखि घटाएर ५ प्रतिशत कायम गरिएको छ । 

शेयर बजारको विकास विस्तारका लागि अध्ययन तथा सुझाव समिति गठन गरी सम्वद्ध निकायहरुले कार्यान्वय गर्ने गरी ५८ बुदाँ सुझाबहरु कार्यान्वयन गर्न निर्देशन दिएको छ । ति सुझाव मध्येका धेरै जसो कामहरु भइसकेका छन् भने ब्रोकरहरुले लागू गरेको मार्जिन कारोबार प्रणाली भने अझै प्रभावकारी हुन सकेको छैन । त्यस्तै वाणिज्य बैंकलाई पनि ब्र्रोकर लाईसेन्स दिने व्यवस्था हालसम्म अन्योलमा रहेको छ । 

नेप्सेले मार्जिन कर्जा प्रवाह गर्नका लागि ब्रोकरहरुलाई बाटो खोलिसकेको छ । वाणिज्य बैंकहरुलाई पनि लाईसेन्सको लागि आवेदन खुला गरिसकेको नेप्सेले थप अध्ययन पछिमात्र वितरण गर्न सरकारबाटनै निर्देशन प्राप्त भए पश्चात रोकेको छ । वाणिज्य बैंकहरुलाई दिने ब्रोकर लाईसेन्सको विषयमा सभासद रामकुमारी झाक्रीको नेतृत्व टोलीले विगत लामो समयदेखि अध्ययन गरिरहेको छ ।

यसै वर्ष नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ । भिष्मराज ढुङ्गानाको नेतृत्वले शेयर बजारलाई अझ निखार्ने आशा यस क्षेत्रसँग सम्बन्धित सबै पक्षले गरेका छन् । 

कमोडिटी बजार सञ्चालनका लागि पूर्व स्वीकृति दिने प्रक्रियाका लागि मापदण्ड तयार गरिसकेको सेबोनले हालसम्म यसलाई पूर्णता दिन भने सकेको छैन । यो वर्षको कात्तिक २० गते एक वर्ष पुरा गरेको अनलाईन कारोबार प्रणालीले पूर्णता नपाउदाँ पनि शेयर बजारले सोचे अनुरुप गति लिन नसकेको विश्लेषकहरु बताउँछन् । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)