ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ कारोबार दिन भएको चैत महीनामा ४ कम्पनीको मात्र शेयर सूचीकृत 

२०७७ बैशाख, १२  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

वैशाख १२, काठमाडौं । पाँच दिन मात्र शेयर कारोबार भएको चैत महीनामा चार कम्पनीको ६९ लाख २४ हजार ३११ दशमलव ६२ कित्ता शेयर सूचीकृत भएको छ । चैत महीनामा चार कम्पनीको बोनस शेयरमात्र सूचीकृत भएको हो ।

यस अवधिमा कृषि विकास बैंकको ५४ लाख ९ हजार ३१७ दशमलव ३७ कित्ता, आईसीएफसी फाइनान्सको ४ लाख ४३ हजार २९६ कित्ता, गणपति लघुवित्त वित्तीय संस्थाको ७२ हजार ४५० कित्ता र आरएमडिसी लघुवित्तको ९ लाख ९९ हजार २४८ दशमलव २५ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

कोरोना भाइरसको संक्रमण तथा रोकथाम नियन्त्रणका लागि लकडाउन शुरु भएपछि गत चैत १० गतेदेखि बन्द भएको शेयर कारोबार हालसम्म पनि सुचारु हुने संकेत देखिएको छैन ।

शेयर बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शेयर कारोबार बन्द भए पनि शेयर सूचीकरण लगायतका अन्य काम भने सुचारु रहेको बताएको छ । नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले कम्पनीहरुले शेयर सूचीकरण र आफ्ना सूचनाहरु सार्वजनिक गर्न सक्ने बताए ।

चैत २५ पछि यो सुविधा सुचारु भए पनि नेप्सेको वेबसाइटमा भने कुनै पनि  कम्पनीको शेयर सूचीकरण र सूचना सार्वजनिक भएको छैन ।

लकडाउनका कारण यस वर्ष पारित भएका धेरैजसो कम्पनीहरुको बोनस शेयर, जारी हकप्रद शेयर र नेपाल पुनर्बीमा कम्पनीको आईपीओ सूचीकृत हुन सकेको छैन । नेपाल पुनर्बीमा कम्पनीले लकडाउनकै बीच आईपीओ सूचीकृत गराउने गरी काम गरिरहेको बताएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)