ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चैत महीनामा सर्वाधिक कारोबार गर्ने पहिलो नम्बरमा नेपाल लाइफ इन्स्योरेन्स

२०७७ बैशाख, १४  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

वैशाख १४, काठमाडौं  । गत फागुन महीनामा सर्वाधिक रकमको कारोबार हुने १० कम्पनीमध्ये पहिलो नम्बरमा रहेको नेपाल लाइफ इन्स्योरेन्सले चैत महीनामा पनि अन्यभन्दा धेरै कारोबार गरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सार्वजनिक गरेको चैत महीनाको सर्वाधिक कारोबार गर्ने कम्पनीहरुको विवरणलाई आधार मान्दा नेपाल लाइफ पहिलो स्थानमा रहेको छ । 
फागुन महीनामा नेपाल लाइफको रू. ३ अर्ब ३० करोड ८० लाख बराबरको शेयर कारोबार भएको थियो ।

चैत महीनामा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण ६ दिन मात्र भएको कारोबारमा नेपाल लाइफको रू.६३ करोड ६० लाख बराबरको कारोबार भएको हो । नेपाल लाइफ इन्स्योरेन्सको आकर्षक लाभांशको अपेक्षामा लगानीकर्ताहरु रहेको देखिन्छ ।

आर्थिक वर्ष २०७५/ ७६ को वार्षिक साधारण सभा गर्न बाँकी रहेको उक्त कम्पनीले यो वर्ष राम्रो लाभांश दिनेमा लगानीकर्ताहरुले आशा गरेका  छन् । लाभांश दिने आशामा पनि लगानीकर्ताहरु शेयर  खरीदविक्रीमा आकर्षित हुँदा उक्त कम्पनी कारोबार सर्वाधिक १० मध्येमा पहिलो नम्बरमा  परेको हो ।

आव २०७४/ ७५ मा उक्त कम्पनीले शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर दिएको थियो । गत वर्षको जेठमा सम्पन्न साधारण सभाले २५ प्रतिशत बोनस शेयरसहित कर प्रयोजनका लागि २३ दशमलव ५ प्रतिशत नगद लाभांश दिएको थियो । 

विगतका वर्षहरुको लाभांश वितरणको अवस्थालाई हेर्दा उक्त कम्पनीले १२६ दशमलव ३१ प्रतिशतसम्म लाभांश दिएको छ । आर्थिक वर्ष २०६८/ ६९ मा कम्पनीले ७० प्रतिशत बोनस शेयर र ५६ दशमलव ३१ प्रतिशत नगद लाभांश दिएको थियो । त्यसपछि आव २०७३/ ७४ मा कम्पनीले ४२ प्रतिशत बोनस शेयर र २८ दशमलव ५३ प्रतिशत नगद लाभांश सहित ७० दशमलव ५३ प्रतिशत लाभांश दिएको थियो । गत  आवको लाभांश कम्पनीले हालसम्म प्रस्ताव गरेको छैन । 

चैत महीनामा सर्वाधिक कारोबार गर्ने १० कम्पनी मध्ये  नौ कम्पनीहरु फागुन महीनामा पनि सर्वाधिक कारोबार गर्ने १० भित्र परेका थिए । चैत महीनामा सर्वाधि कारोबार गर्ने १० कम्पनीहरुमा नेपाल लाइफ सहित एनआईसी एशिया, हिमालयन डिष्ट्रिलरी, एनएमबि बैंक,नेपाल बैंक, शिवम् सिमेण्ट, नबिल बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र एभरेष्ट बैंक रहेका छन् । 

फागुन महीनामा एभरेष्ट बैंक १० कम्पनीभित्र परेको थिएन । उक्त महीना शिखर इन्स्योरेन्सले १० कम्पनी भित्रको स्थान लिएको थियो । कम्पनीहरुको आधारभूत तथा प्राविधिक पक्षका साथै निरन्तर रुपमा प्रदान गर्दै आएको लाभांशका आधारमा लगानीकर्ताहरु आकर्षित हुने गरेका छन् । 

फागुन र चैत महीनामा सर्वाधिक रकमको कारोबार गर्ने १० कम्पनीहरु :

स्रोत : नेप्से


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)