ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सामान्य रुपमा भएपनि शेयर कारोबार सुचारु गराउन लगानीकर्ताको माग 

२०७७ बैशाख, १५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

वैशाख १५, काठमाडौं । अनलाईन कारोबार प्रणालीलाई प्रोत्साहन गर्दै वैशाख १५ गतेपछि शेयर कारोबार खोल्ने पक्षमा रहेको धितोपत्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले अन्ततः नखोल्ने सूचना जारी गरेको छ ।

सरकारले वैशाख १५ पछि पनि १० दिन लकडाउनको समय थप गरेसँगै जारी लकडाउनको संरचनामा बजार खोल्न नसकिने निष्कर्षमा नेप्से पुगेको हो । 

यस अघि नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले लकडाउन थप भई अवस्था केहि सहज भए बजार खोल्न सकिने बताएका थिए । तर सरकारले लकडाउन खुकुलो नगर्दा बजार सम्बद्ध निकायहरुका कर्मचारीहरु कार्यालयसम्म पुग्ने सम्भावना कम देखिएकाले बन्द गर्नुको विकल्प नभएको साउदले बताए । 

शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विश्वभरका अन्य मुलुकमा स्वचालित अनलाइन प्रणालीका कारण बजार बन्द नभएको अवस्थामा हाम्रो अनलाईन प्रणाली स्वचालित नहुदाँ बन्दै गर्नुपर्ने अवस्था आएको बताए । 

अझै पनि लकडाउनको अवस्था अन्योल रहेको र बजार लामोसमय बन्द गर्न नहुने भन्दै उनले वैशाख २५ गतेपछि कसरी अघि बढ्ने भन्ने बारेमा सम्बद्ध निकाय गम्भिर रुपमा लागेको जानकारी दिए ।  उनले भने, ‘हाम्रो लागि अवको चुनौति भनेको अनलाईन कारोबार प्रणालीलाई स्वचालित बनाई आगामी दिनमा कुनै पनि परिस्थितिमा बजार बन्द गर्नुपर्ने अवस्था आउन नदिनु नै हो ।’

नेप्सेले सोमवार जारी गरेको सूचनामा वैशाख २६ गतेपछि बजार खोल्न सकिने सम्भावना भएकाले तयारी अवस्थामा बस्न सबैलाई अनुरोध पनि गरेको छ । नेपालमा पनि अनलाईन कारोबार प्रणाली शुरु गरिएको डेढ वर्ष भइसकेको छ । तर थोरै मात्र लगानीकर्ताहरु उक्त प्रणालीमा आवद्ध रहेका छन्  ।

अनलाईन प्रणाली भनिएपनि हालसम्म स्चालित रुपमा कारोबार गराउन नेप्से सफल भएको छैन् । उक्त प्रणालीमा लगानीकर्ताहरुको बैंक खाता इन्टिग्रेट हुन नसकेका कारण अझै पनि लगानीकर्ताहरु भौतिक रुपमा ब्रोकर अफिसमै धाएर कारोबार गर्न बाध्य छन् ।

शेयर बजारलाईनै प्रमुख आर्थिक क्षेत्र बनाएका लगानीकर्ताहरु लामो समय बजार बन्द हुदाँ मर्कामा परेको बताउँछन् । शेयरधनी तथा साधारण सभाका नियमित वक्ता शिवप्रसाद पौडेलले यसै क्षेत्रको आम्दानीबाट गुजारा चलाउनेहरु समस्यामा पर्न थालेको बताए ।

आफजस्ता धेरै लगानीकर्ता यहि क्षेत्रमा निर्भर भएकाले यसैगरी बन्दको अवधि  थप्दै लाने हो भने राहतको प्याकेज ल्याउनुको विकल्प नरहेको उनले बताए ।सरकारले लकडाउन गर्नु अगावै चैत १० गतेदेखिनै पाँच कारोबार दिनका लागि शेयर कारोबार बन्द भएकाो  थियो ।

लकडाउनको अवधि थप गरेसँगै बजार बन्दको पनि अवधि थप गर्नुले बजारप्रतिको जिम्वेवारीलाई सम्वद्ध निकायले व्यवास्था गरेको आरोप लगानीकर्ताहरुले लगाएका छन् । यसअघि आम लगानीकर्ताहरुले पनि बजार बन्द गराउन माग गरेका थिए । सोचेभन्दा बढी समयनै बजार बन्द हुने अवस्था आएपछि लगानीकर्ताहरु अन्यौलमा परेका छन्  ।

उनिहरुले यो समयमा अनलाईन कारोबार प्रणालीलाई स्वचालित बनाउनेतर्फ पहल गर्दै बजार सामान्य रुपमा भए पनि सुचारु गर्न लगानीकर्ताहरुले माग गरेका हुन् ।
 

यो  पनि हेर्नुस्

लकडाउनको अवधि लम्बिएपछि शेयर बजार पनि नखुल्ने

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)