ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना अन्योल रहेकाले शेयर बजार सामान्य तरिकाले खोल्नुपर्छ : लगानीकर्ता पौडेल

२०७७ बैशाख, १६  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

वैशाख १६, काठमाडौं । नेपाल आर्थिक  पत्रकार संघ (नाफिज) को आयोजनामा  मंगलवार  आयोजित कोरोना  भाइरस(कोभिड–१९) र शेयर बजार विषयक   भीडीयो अन्तरक्रियामा लगानाकर्ता नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले कोरोना संक्रमण रोकथाम भई जनजीवन सामान्य अवस्थामा फर्कने समय अझै अन्योल रहेकाले शेयर बजार सामान्य रुपमा भए पनि खोल्नुपर्ने  बताएका छन् । 

पूँजीबजारका सरोकारवालहरु सहभागी भएको  भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै पौडेलले हाललाई समय घटाएर  वा सर्किट ब्रेकरको सीमा घटाएर कारोबार अघि बढाउनु आवश्यक रहेको बताए ।

‘वैशाख २५ गतेसम्म शेयर बजार बन्द गर्ने निर्णय भएसँगै नेपालको शेयर बजार एकै पटक ४५ दिन बन्द हुन्छ, यसले नेपालका  लगानीकर्ता र अन्तरराष्ट्रिय स्तरबाट लगानी गर्ने लगानीकर्तामा समेत शेयरबजारप्रतिको नकारात्मक सन्देश जान्छ’, उनले भने ।

धितोपत्र बजारमा गैरआवासीय नेपालीहरुको लगानी भित्र्याउने योजना नियामक निकायले अघि सारिरहँदा अहिलेको बजार बन्दले उनीहरुमा नकारात्मक सन्देश जाने सम्भावना रहेको समेत उनको भनाइ छ ।

अहिलेको अवस्थामा कारोबारको समय घटाएर ५० ओटा ब्रोकर कम्पनीहरुमध्ये आलोपालो गरेर खोल्ने वातावरण मिलाउनसमेत उनले बजार नियामक निकायलाई आग्रह गरे ।

उनीपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष  भिष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेञ्जका कार्यकारी अधिकृत चन्द्रसिंह साउद, ब्रोकर भरत रानाभाट  र डा गोपाल भट्टले  भीडीयो अन्तरक्रियामा सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)