ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वैशाख २५ गते पछि शेयर बजार खोल्ने पक्षमा छौं : नेप्से प्रमुख साउद 

२०७७ बैशाख, १६  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

वैशाख १६, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत(सीईओ) चन्द्र सिंह साउदले वैशाख २५ पछि शेयर बजार खोल्ने पक्षमा रहेको बताएका छन् ।

नेपाल आर्थिक  पत्रकार संघ (नाफिज) को आयोजनामा  मंगलवार  आयोजित कोरोना  भाइरस(कोभिड–१९) र शेयर बजार विषयक   भीडीयो अन्तरक्रियामा साउदले लकडाउनको अवधिमा पनि बजार कसरी सुचारु गर्ने भन्ने विषयमा छलफल गरिरहेको जानकारी दिदैं अव वैशाख २५ गते पछि बजार खोल्ने पक्षमा रहेर अघि बढेको बताए । 

नेपालको सन्दर्भमा शेयर बजार सञ्चालनका लागि विजनेश कन्टिन्यूटीको प्लान, डिजास्टर रिकभरी प्लान र आईटी पोलिसी आवश्यक रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत साउदले आईटी पोलिसी सञ्चालक समितिबाट पास गरेर नेपाल धितोपत्र बोर्डमा पेश गरिसकेको समेत जानकारी दिए ।
 

नेप्सेको अनलाईन कारोबार प्रणाली आफैमा पूर्ण भएको बताउँदै उनले लगानीकर्ताहरुनै यसप्रति आकर्षित नभएकोमा दु : ख व्यक्त गरे । बजारमा उल्लेख्य कारोबार भएको दिन ४५ प्रतिशतभन्दा बढी कारोबार अनलाईन मार्फत भएको जानकारी गराउँदै उनले यस प्रणालीको थप विकास र विस्तारमा नेप्से निरन्तर लागेको बताए । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)