ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउन अघिको शेयर कारोबारको राफसाफ गर्ने अवधि असार मसान्तसम्म

२०७७ बैशाख, २०  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

वैशाख २०,काठमाडौं । सरकारले  लगानकर्ताहरुलाई लकडाउन अघि शेयर खरीदविक्री गरेको कारोबारको राफसाफ गर्ने  म्याद असार मसान्तसम्म तोकेको छ ।

गत वैशाख १४ गतेको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार चैत ११ गतेभन्दा अघिको कारोबारमा राफसाफ गर्न बाँकी लगानीकर्ताहरुलाई यो सुविधा दिइएको हो । सोहि बैठकले

सूचीकृत कम्पनीहरुले बुझाउनुपर्ने विवरणहरु पनि असार मसान्तसम्म बुझाउन सकिने व्यवस्थासमेत गरेको छ । 

लकडाउनका कारण शेयर बजार र सूचीकृत कम्पनीहरुलाई परेको समस्यालाई ध्यान दिंदै सरकारले राहत स्वरुप उक्त व्यवस्था गर्ने निर्णय गरेको हो । लगानीकर्ताहरुकै लागि सरकारले राफसाफको समयअवधि थप गरिरहँदा कतिपय लगानीकर्ताहरुले भने असन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले मन्त्रिपरिषदको राफसाफको अवधि असारमसान्तसम्म कायम गर्ने निर्णयप्रति आपत्ति व्यक्त गरेकी छन् । उनले यो निर्णयबाट लगानीकर्ताहरुलाई राहत नभएर मारचाहीं परेको बताइन् ।
 

सरकारले असार मसान्तपछि शेयर बजार खुला गर्ने विचार गरेको भए त ठिकै हो अन्यथा  ५ प्रतिशत ठूला लगानीकर्तालाई न्याय दिदाँ ९५ प्रतिशत साना लगानीकर्ताहरुलाई अन्याय हुने कुरा भुल्न नहुने बताइन् । सरकारले यो निर्णयप्रति पुनरविचार गर्नुपर्ने उनले बताइन् ।

वैशाख २६ गतेपछि शेयर बजार सुचारु गर्ने तयारीमा रहेका बजार सम्बद्ध निकायहरु भने बजार सुचारु भएपश्चात भने नियमित रुपमा राफसाफ हुनुपर्ने मान्यता राख्दछन् ।सीडीएसका प्रवक्ता सुरेश न्यौपानेले असार मसान्तसम्मको अवधि राफसाफको लागि कायम भएपनि बजार सुचारु भएको खण्डमा नियमित राफसाफ नभए व्यवहारिक रुपमा समस्या हुने बताए ।

वैशाख २६ पछि सकेसम्म सवैको पहुँच पुग्ने गरी बजार खोल्ने तयारीमा रहेको जानकारी दिदैं उनले यस अघिको बाँकी राफसाफ पनि नियमित गर्नुपर्नेमा जोड दिए । 
बजार सुचारु भए यस अघिको राफसाफ गर्न बाँकी शेयरहरु फेरी कारोबारमा ल्याउन नसकिने हुदाँ समस्या हुने न्यौपानेले प्रष्ट पारे ।

 उनले बजार बन्द हुदाँको अन्तिम कारोबार दिन वाहेक अन्य दिनको राफसाफ सम्पन्न भइसकेको जानकारी दिए । शेयर बजारमा अन्तिम कारोबार दिन चैत ९ गते रू. १९ करोड ४६ लाख ४२ हजार बराबरको कारोबार भएको थियो । अहिलेको व्यवस्था अनुसार कारोबार भएको तिन कार्यदिनभित्र शेयर कारोबारको राफसाफ गरिसक्नुपर्नेछ । 
 

धितोपत्र कारोबार राफसाफमा भएको व्यवस्था :

लगानीकर्ताको आदेश अनुसार ब्रोकरबाट कारोबार सम्पन्न भएपछि त्यसको जानकारी लगानीकर्तालाई दिनुपर्दछ । लगानीकर्ताले पनि आफ्नो आदेश अनुसार कारोवार भए नभएको बारेमा आफुले कारोबार गर्ने ब्रोकरसँग बुझ्न सक्नेछन् ।

धितोपत्रको कारोबार भइसकेपछि सीडीएसले राफसाफ तथा फछ्र्यौट गर्दछ । यसका लागि लगानीकर्ताको तर्फबाट शेयर किन्ने ब्रोकरले कारोबार भएको भोलिपल्ट सीडीएसको खातामा रकम जम्मा गर्नुपर्दछ ।

यसरी सीडीएसको खातामा जम्मा भएको रकम तथा शेयर सम्बन्धित धितोपत्र दलालको खातामा तेस्रो दिन जम्मा हुन्छ र सोही रकम तथा शेयर लगानिकर्तासम्म पुग्ने व्यवस्था धितोपत्र कारोबार राफसाफमा उल्लेख छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)