ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर बजार आइतवारदेखि सुचारु हुने, आज मोडालिटी तयार गरिदैं 

२०७७ बैशाख, २५  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

वैशाख २५, काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लकडाउन शुरु गर्ने क्रममा गत चैत १० गतेदेखि बन्द भएको शेयर बजार आइतवारदेखि सुचारु हुने भएको छ । 

मन्त्रिपरिषदको बुधवारको बैठकले जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने निर्णय गर्दै केही क्षेत्रहरु खोल्नका लागि खुकुलो गर्ने निर्णयपछि शेयर बजार सुचारु गर्ने तयारीमा सम्बद्ध पक्षहरु लागेका हुन् । 

शेयर बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले आइतवारदेखि बजार सुचारु हुने सम्भावना रहेको जानकारी दिए । यसका लागि बिहीवार नेपाल धितोपत्र बोर्ड लगाएत सम्बद्ध पक्षहरुसँग छलफल गरी मोडालिटि तयार गरिने उनले बताए । 

मन्त्रिपरिषदको बैठकले वैशाख २६ गतेदेखि सञ्चालनमा आउने ४४ ओटा उद्योगहरुको सूचीमध्ये ४३ नम्बरको बुँदा अन्तर्गत रहेर पूँजीबजार सञ्चालन गर्न सहज हुने उनको भनाइ छ ।  ४३ नम्बरको बुँदामा विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग भन्ने उल्लेख छ ।

शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले लामो समय बजार बन्द गर्न नहुने भन्दै आइतवारदेखि खोल्नुपर्नेमा जोड दिएको छ । 

हालको अवस्थामा बजार सञ्चालनका लागि आवश्यक वातावरण मिलाउन सरकारले व्यवस्था गरेको खण्डमा कारोबारलाई निरन्तरता बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाको भनाइ छ । 

बजार बन्द भएको ४५ दिन वितिसक्दा यसको सन्देश राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा नराम्रो जाने भन्दै नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेलले भने बजार खोल्नु पर्नेमा जोड दिएका छन् ।
 

कोरोना संक्रमण रोकथाम भइ जनजीवन सामान्य अवस्थामा फर्कन अझै अन्योल रहेकाले शेयर बजार सामान्य रुपमा भए पनि खोल्नुपर्ने तर्क पौडेलको छ । 

धितोपत्र बजारमा गैरआवासीय नेपालीहरुको लगानी भित्र्याउने योजना नियामक निकायले अघि सारिरहँदा अहिलेको बजार बन्दले ती वर्गमा नकारात्मक सन्देश जाने भएकाले कारोबारको समय घटाएर ५० ब्रोकर कम्पनीहरुमध्ये पालो गरेर खोल्ने वातावरण मिलाउनसमेत उनले आग्रह गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)