ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर कारोबार मंगलवारदेखि शुरु हुँदै

२०७७ बैशाख, २६  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

वैशाख २६, काठमाडौं । शेयर बजार आगामी मंगलवारदेखि सूचारु हुने भएको छ ।

शुक्रवार नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई वैशाख ३० गते मंगलवारदेखि बजार खोल्न निर्देशन दिएको हो । बोर्डका अनुसार अव दुई घण्टा मात्र कारोबार खुला  हुने छ ।

यस अनुसार विहान ११ देखि दिनको १ बजेसम्म शेयर कारोबार हुनेछ । शेयर कारोबार मंगलवारदेखि खुला हुने भएपनि ब्रोकर कार्यालयहरु भने वैशाख २८ गतेदेखि मात्र खुला हुनेछन् । बोर्डले दिएको जानकारी अनुसार आइतवारदेखि कार्यालय खुला गर्न ब्रोकरहरुलाई पनि निर्देशन दिइसकिएको छ ।

गत चैत १० गतेदेखि बन्द शेयर बजार लकडाउनकैबीच खुलाउने प्रयासमा सम्बद्ध निकायहरु लागिपरेका हुन् ।

बोर्डले नेप्सेलाई कोरोनाको प्रभाव रहेसम्मको लागि २ प्रतिशतमा सर्किट ब्रेकर लगाउन पनि निर्देशन दिएको छ ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)