ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भोलिदेखि शेयर कारोबार शुरु गर्न लागेको नेप्सेद्वारा हेल्पडेक्स स्थापना 

२०७७ बैशाख, २९  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

वैशाख २९, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ५० दिनको बन्दपछि मंगलवारदेखि अनलाईनमार्फत कारोबार गर्ने गरी शेयर बजार खुला गर्दैछ । 

लकडाउनका विच कारोबार सुचारू गर्न लागेको नेप्सेले कारोबारमा आउन सक्ने सम्भावित गुनासाहरु समाधानका लागि हेल्प डेक्सको स्थापना गरेको छ । कारोबारका क्रममा कुनै पनि समस्या आएमा टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न नेप्सेले भनेको छ ।

गत चैत १० गतेदेखि बन्द रहेको शेयर बजार सुचारु गर्नका निम्ति नेपाल सरकारको निर्णय बमोजिम कुल कर्मचारीको एक तिहाई कर्मचारीहरु आलोपालो उपस्थित भई कार्यालय सञ्चालन गर्ने तयारी छ । 

यसका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डले सम्बन्धित् कार्यालयको सिफारिसमा पास उपलब्ध गराउने व्यवस्था छ । उक्त व्यवस्था बमोजिम आइतवारदेखिनै शेयर बजार सम्बद्ध कार्यालयहरु नेप्से, सीडीएस एण्ड क्लियरिङ लिमिटेड, मर्चेण्ट बैंकर, डीपी र ब्रोकर कार्यालयहरु सञ्चालनमा आईसकेका छन् । 

लगानीकर्ताको हकमा पनि सम्बन्धीत ब्रोकर कम्पनीको सिफारिसमा एक पटकको लागि सवारी पासको व्यवस्था गर्ने बोर्डले जानकारी दिएको छ । मंगलवारदेखि कारोबार गर्दा विद्युतीय माध्यमबाट गराउन प्रोत्साहन गरिनेछ भने आगामी साउन महीनादेखि अविवार्य विद्युतीय माध्यमबाट कारोबार गर्नुपर्नेछ ।

 दैनिक विहान ११ बजेदेखि दिनको १ बजेसम्म जम्मा दुई घण्टा कारोबार हुनेछ । यो कारोबारमा नेप्से परिसूचक २ प्रतिशतले घटे वा बढेमा सो दिनको कारोबार बन्द हुने नेप्सेले व्यवस्था गरेको छ ।

साथै प्रारम्भिक सत्रमा मूल्य प्रवृष्टि गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टि गर्दा २ प्रतिशतसम्म परिवर्तन हुने सक्ने व्यवस्था गरी समग्रमा तीन प्रतिशतभन्दा बढी परिवर्तन हुन नदिने व्यवस्था नेप्सेले गरेको छ । 

शेयरको राफसाफका लागि मेरो शेयर खाता खोली सोहि खाताबाट अनिवार्य रुपमा ईडीआईएसमार्फत राफसाफको व्यवस्था गर्न लगानीकर्ताहरुलाई नेप्सेले आग्रह गरेको छ । यसका लागि प्रोत्साहन स्वरुप आगामी असार मसान्तसम्म मेरो शेयरको नयाँ खाता खोल्दा नि : शुल्क खोल्न सकिने व्यवस्था समेत गरिएको छ । 

अनलाईन कारोबारलाई अनिवार्य बनाउन लागेको नेप्सेले आगामी असारसम्म अनलाईन कारोबार गर्ने लगानीकर्तासँग पासवर्ड र यूजर आईडी प्रदान गर्दा शुल्क नलिन समेत ब्रोकरहरुलाई निर्देशन दिएको छ ।

साथै कारोबार गर्दा लगानीकर्ताबाट अनिवार्य रुपमा मार्जिन लिने विद्यमान प्रावधानलाई कडाईका साथ लागू गर्न नेप्सेले भनेको छ । अनलाईन कारोबारका लागि लगानीकर्ताहरुबाट २५ प्रतिशत मार्जिन लिने व्यवस्था छ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)