ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईपीओ जारी गर्ने तयारीमा रहेका १० नयाँ जीवन बीमा कम्पनीको नाफा औषतमा ७ % वृद्धि

२०७७ जेठ, ६  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

जेठ ६, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेपालका १० ओटा नयाँ जीवन बीमा कम्पनीहरुले कुल रू. ९४ करोड ६६ लाख खुद नाफा गरेका छन् ।गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा यस वर्ष ती कम्पनीको नाफा औषतमा ७ प्रतिशत बढेको हो । 

गत वर्ष यस अवधिसम्म ती कम्पनीहरुको नाफा कुल रू. ८८ करोड ४७ लाख थियो । गत वर्षको तुलनामा १० कम्पनीहरु मध्ये दुई कम्पनीहरु युनियन लाइफ इन्स्योरेन्स र सन नेपाल लाइफ इन्स्योरेन्सको नाफामा कमि आएको छ भने अन्यको बढेको छ । 

गत वर्ष रू. १० करोड ४ लाख खुद नाफा गरेको सन नेपाल लाइफले यस वर्ष रू. ७ करोड ३३ लाखमात्र यो नाफा गरेको छ भने गत वर्ष रू.१० करोड ८० लाख खुद नाफा गरेको युनियन लाइफले यस वर्ष रू. ८ करोड ९२ लाखमात्र यो नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष युनियन र सन नेपाल लाइफको आम्दानीमा कमि आएको र खर्च बढेकाले नाफा घटेको देखिन्छ । 

गत वर्ष सन नेपाल लाइफले उक्त अवधिसम्म रू.१२ करोड ४१ लाख आम्दानी गरेकोमा यस वर्ष रू. १० करोड १५ लाख र गत वर्ष रू. २ करोड ३७ लाख व्यवस्थापकीय खर्च गरेकोमा यस वर्ष रू. २ करोड ८१ लाख खर्च गरेको छ । 

युनियन लाइफले गत वर्ष रू.१५ करोड ७४ लाख आम्दानी गरेकोमा यस वर्ष रू. १५ करोड ४७ लाख मात्र गरेको छ । खर्च भने गत वर्ष रू. ४ करोड ९३ लाख भएकोमा यस वर्ष रू. ६ करोड ५४ लाख भएको छ । 

रकमको हिसावमा यस वर्ष सबैभन्दा बढी नाफा रिलायबल नेपाल लाइफ  इन्स्योरेन्सको रहेको छ । रिलायबलले गत वर्षभन्दा यस वर्ष ८ दशमलव ३० प्रतिशत बढी रू. १६ करोड १७ लाख खुद नाफा गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष खुद नाफा वृद्धि गर्नेमा भने रिलायन्स लाइफ अघि छ । रिलायन्स लाइफले गत वर्षभन्दा यस वर्ष १२८ प्रतिशत बढी रू. ६ करोड १८ लाख खुद नाफा गरेको हो । प्रतिस्पर्धी नेपालको बीमा बजारमा नयाँ जीवन बीमा कम्पनीहरु पनि आफुहरुलाई स्थापित गराउन लागि परेका छन् ।

नेपालको बीमा बजारमा सञ्चालित १९ ओटा जीवन बीमा कम्पनीहरु मध्ये १० ओटा नयाँ हुन् । बीमा समितिले बीमा क्षेत्रका कम्पनीहरुको पनि पूँजी वृद्धिको अभियान जारी राख्दा

नयाँ १० ओटा जीवन बीमा कम्पनीहरुले पनि सर्वसाधारणलाई आईपीओ जारी गरी तोके बमोजिमको चुक्तापूँजी कायम गर्ने शर्तमा स्वीकृति पाएका थिए । बीमा समितिले जीवन बीमा कम्पनीलाई रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीलाई रू. १ अर्ब चुक्तापूँजी कायम गर्न भनेको छ । 

नयाँ जीवन बीमा कम्पनीहरुले कारोबार सञ्चालन गरेको एक वर्ष पुरा भएपछि आईपीओ जारी गर्न सक्ने व्यवस्था अनुसार हाल साधारण सभा मार्फत आईपीओको प्रस्ताव पारित गरी प्रक्रियामा छन् भने धेरै जसो कम्पनीहरुले रेटिङसमेत सम्पन्न गराइसकेका छन् । तर हालसम्म पनि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा कुनै कम्पनीले पनि निवेदन भने दर्ता गरेका छैनन् । 

यसै आर्थिक वर्षभित्र आईपीओ जारी गर्ने योजना रहे पनि लकडाउनका कारण उक्त योजना अन्योलमा परेको ती कम्पनीहरुले बताएका छन् । १० ओटा कम्पनीहरुको कुल चुक्तापूँजी हाल रू. १४ अर्ब ६६ करोड ५० लाख छ । 

ती कम्पनीहरुले बीमा समितिको निर्देशन बमोजिम रू.२० अर्ब पूँजी कायम गर्नुपर्ने छ । हाल कायम चुक्तापूँजीको आधारमा ती कम्पनीहरुले कुल रू. ५ अर्ब ३३ करोड ५० लाख बराबरको आईपीओ जारी गर्नेछन् ।

रकम (रू. लाखमा )

स्रोत : कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)