ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आईपीओ जारी गर्ने तयारी गरेका ३ नयाँ निर्जीवन बीमा कम्पनी : नाफामा अजोडको अग्रता

२०७७ जेठ, ७  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी

जेठ ७, काठमाडौं । नेपालको धितोपत्र बजारमा तीन निर्जीवन बीमा कम्पनीहरु थपिने तयारीमा रहेका छन् । ती तीन कम्पनीहरुले कुल रू. ९० करोड बराबरको शेयर जारी गरी धितोपत्र बजारमा प्रवेश गर्ने तयारी गरेका हुन् ।

हाल यी तीन ओटै कम्पनीहरुको चुक्तापूँजीमा एक रूपता देखिन्छ । कम्पनीहरुले सर्वसाधारणका लागि ३० प्रतिशत शेयर स्वामित्व कायम गर्ने गरी संस्थापकतर्फबाट रू. ७० करोडका दरले शेयर पूँजी चुक्ता गरेका हुन् ।

तीन ओटै कम्पनीहरुले वार्षिक साधारण सभा मार्फत आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिसकेका छन् भने अजोड इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग गत माघ २१ गतेनै अनुमति मागिसकेको छ ।

धितोपत्र बोर्डको वेबसाइटलाई आधार मान्दा अजोड इन्स्योरेन्सको आईपीओ स्वीकृतिको अन्तिम चरणमा रहेको छ । 

अन्य दुई कम्पनीहरुले पनि लकडाउनका कारण प्रक्रिया रोकिएकाले लकडाउन पछि प्रक्रिया अघि बढाउने बताएका छन् । तीन ओटै कम्पनीले विसं २०७५ सालबाट कारोबार शुरु गरेका हुन् ।आईपीओ जारी भएपछि तीन ओटै कम्पनीको चुक्तापूँजी रू. १ अर्ब चुक्तापूँजी कायम हुनेछ । 

पुराना निर्जीवन बीमा कम्पनीहरु चुक्तापूँजी वृद्धिको अभियानमा रहेको बेला बीमा समितिले ती कम्पनीहरुलाई भने सर्वसाधारणलाई शेयर जारी गर्ने गरी कारोबार सञ्चालनको अनुमति दिएको हो ।औपचारिक रुपमा कारोबार शुरु गरेको करीब दुई वर्ष हुन लाग्दा ती कम्पनीहरुको व्यवसाय प्रतिस्पर्धी रूपमा अघि बढेको देखिन्छ । 

यी वाहेक १७ पुराना निर्जीवन बीमा कम्पनीहरु नेपाली बीमा बजारमा सञ्चानमा छन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणलाई आधार मान्दा तीन मध्ये अजोड इन्स्योरेन्सकै अग्रता देखिन्छ । 

उक्त कम्पनीले विसं २०७५ असार २१ गतेदेखि औपचारिक रूपमा कारोबार शुरु गरेको थियो । यस वर्षको तेस्रो त्रैमाससम्म अजोडले रू. ३ करोड ५१ लाख खुद नाफा गरेको छ भने सानिमा जनरल इन्स्योरेन्सको रू. २ करोड ८९ लाख र जनरल इन्स्योरेन्स कम्पनी नेपालको रू. ३ करोड लाख  रहेको छ । यस वर्ष खुद नाफामा अजोड इन्स्योरेन्सले अग्रता कायम गरेको छ । 

त्यस्तै कुल बीमाशुल्क आर्जन र दाबी भुक्तानीमा पनि अजोड अघि देखिन्छ । अजोडले यस वर्षको तेस्रो त्रैमाससम्ममा रू. ६० करोड ६३ लाख, सानिमा जनरलले रू. २६ करोड ३३ लाख र जनरल इन्स्योरेन्स कम्पनी नेपालले रू. ४१ करोड ६१ लाख खुद बीमाशुल्क आर्जन गरेका छन् । 

यस वर्ष अजोडले रू. १६ करोड ६८ लाख, सानिमा जनरलले रू. ५ करोड ५७ लाख र जनरल इन्स्योरेन्स नेपालले रू. ८ करोड ९८ लाख कुल दाबी भुक्तानी गरेका छन् । ती कम्पनीहरु मध्ये जगेडाकोष रकम सानिमा जनरल र बीमा कोष रकम अजोडको बलियो देखिन्छ । 

सानिमाको जगेडाकोषमा रू. ३ करोड ७७ लाख, जनरल इन्स्योरेन्सकोमा रू. ३ करोड ७६ लाख र अजोडको रू. ३ करोड ३३ लाख रहेको छ । बीमाकोषमा भने अजोडको रू. ४ करोड ८१ लख, सानिमाको रू. ४ करोड ४१ लाख र जनरलको रू. ४ करोड ११ लाख छ । 

तेस्रो त्रैमाससम्ममा अजोडले ७० हजार ४०० बीमालेख जारी गरेको छ भने जनरल कम्पनी नेपालले ४० हजार ६५७ र सानिमाले ३१ हजार ८७२ बीमालेख जारी गरेका छन् । 

नयाँ तीन निर्जीवन बीमा कम्पनीको तेस्रो त्रैमाससम्मको स्थिति : रकम (रू. लाखमा )

स्रोत : सम्बन्धित कम्पनीहरुको वित्तीय विवरण


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)