ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बञ्जिजम्पमाथि लठ्ठे पिङ

२०७७ जेठ, ९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

पर्वत । पर्वतको कुश्मामा कालीगण्डकी नदीमाथिको बञ्जिजम्पमा लठ्ठे पिङ निर्माण गरिएको छ । साहसिक पर्यटनको गन्तव्य बन्दै गरेको पर्वतमा बञ्जिमाथि पिङ बनाइएको हो । पर्यटक थप आकर्षित गर्न पुलमाथि नै मच्चिने गरी उक्त पिङ निर्माण गरिएको हो ।

जमीनबाट १२ मीटर उचाईको फलामे पोलमा पिङ बनाइएको छ । कालीगण्डकी माथि निर्माण भएको बञ्जिपुल २२८ मीटर अग्लो छ भने लठ्ठे पिङ २४८ मीटर अग्लो छ । कालीगण्डकीको खोँचभन्दा माथिसम्म पिङमा मच्चिन सकिने भएकाले पिङ खेल्दा साढे २०० मीटरबाट जमिनलाई तल देख्न सकिने बञ्जिजम्प सञ्चालन गर्दै आएको कम्पनी द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार यो पिङमा बञ्जिजम्पमा प्रयोग हुने डोरी प्रयोग गरिएको छ भने सुरक्षाका सबै मापदण्ड पूरा गरिएका छन् । अन्य लठ्ठे पिङमा मानिसले नै मच्चाई दिने र खेल्ने मानिस नै मच्चिनु पर्ने हुन्छ यसमा विन्च मेसिनले नै मानिसलाई जमीनभन्दा धेरै माथि लगेर छाडिदिने भएकाले बढी रोमाञ्चक र धेरै उचाईमा जान सक्छन ।

‘नेपालका लागि यति धेरै उचाईमा लठ्ठे पिङको सुबिधा दिएर थप साहसिक खेलको शुरूआत गरेका हौँ,’ कार्कीले भने, ‘नेपालमा यस्तो प्रबिधिमा सञ्चालित पिङ शायद छैन होला ।’

बञ्जिमा लगानी गरेका व्यवसायी युवराज जोशीका अनुसार बञ्जिजम्प परिसरमा फलामको डोरीमा भीरबाट वारपार गर्ने साईकल, स्वीङ, रिसोर्टहरू, भीरको थाप्लोमा स्वीमिङ पुललगायत संरचना बनाइएका छन् ।

कालीगण्डकी नदीमाथि बनेको बञ्जिजम्पलगायत अन्य साहसिक खेल हुने भएकाले पर्वतमा पर्यटकको चाप बढ्ने अपेक्षा जोशीले गरेका छन् । पछिल्लो समय विश्वव्यापी कोरोना भाइरसले पारेको असरले भने लगानीकर्ताहरू निराश छन् ।

निर्माणपछि परीक्षण सम्पन्न भइसकेको पिङ गत वैशाखबाट सञ्चालन गर्ने तयारी थियो । तर, जारी लकडाउनका कारण व्यवसाय नै बन्द रहेकाले पिङको उद्घाटनसकेन हुन नसकेको जोशीले बताए । उनका अनुसार बञ्जिजम्पसहित सबै संरचना निर्माणमा रू. २० करोड लगानी गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)