ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ ओटा वाणिज्य बैंकको वितरण योग्य नाफा ऋणात्मक : लक्ष्मी बैंकको सबैभन्दा बढी

२०७७ जेठ, १३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
सांकेतिक चित्र
author avatar प्रजिता बुढाथोकी

जेठ १३, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकहरुमध्य ६ ओटा वाणिज्य बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । 

बैंकहरुको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणलाई हेर्दा लक्ष्मी बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, नेपाल बैंक, बैंक अफ काठमाण्डूं र सनराइज बैंकको वितरणयोग्य नाफा ऋणात्मक देखिएको हो । 

वितरणयोग्य नाफाबाट नै बैंकहरुले शेयरधनीहरुलाई लाभांश दिने गर्दछन् । तेस्रो त्रैमाससम्ममा वितरणयोग्य नाफा ऋणात्मक देखिएका ती बैंकहरुले चौंथो त्रैमाससम्ममा वित्तीय सुधार गर्न सकेमात्र यो वर्षको लाभांशको आशा गर्न सकिन्छ ।

यस वर्ष कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउनको प्रभाव बैंकहरुको ब्याज संकलनमा देखिएपछि नाफामा असर परेको देखिन्छ । 

बैंकहरुले अहिलेको एनएफआरएस प्रणाली अनुसारको वित्तीय विवरणमा ब्याज नगदमा प्राप्त नभएपनि अहिले आम्दानीमा देखाउन पाउने व्यवस्था छ जसले गर्दा कम्पनीहरुको खुद व्याज आम्दानीसँगै खुद नाफा पनि राम्रो देखिन्छ । तर नगदमा प्राप्त नभएको ब्याज वितरणयोग्य नाफामा देखाउन भने पाइदैंन ।

नगदमा प्राप्त नभएको ब्याजलाई रेगुलेटरी रिजर्भमा छुट्याउनुपर्ने व्यवस्था छ । 

लकडाउनका कारण नगदमा ब्याज प्राप्त नभएकाले उक्त रकम बराबर आम्दानीमा देखाएकाले खुद नाफा बढेपनि रेगुलेटरी रिजर्भमा बढी रकम छुट्याएका कारण वितरणयोग्य नाफा भने ऋणात्मक देखिएको नेपाल बैंकर्स एशोसिएसनका अध्यक्ष भुवन कुमार दाहालको भनाइ छ । 

आगामी दिनमा उठ्न बाँकी ब्याज नगदमा प्राप्त भयो भने रेगुलेटरी रिजर्भ कम हुने र वितरण योग्य नाफामा सुधार आउने उनले बताए ।

६  ओटा बैंकमध्ये सबैभन्दा बढी वितरण योग्य नाफा लक्ष्मी बैंकको ऋणात्मक देखिएको छ । हाल रू. ९ अर्ब ८१ करोड २५ लाख चुक्तापूँजी रहेको उक्त बैंकको वितरणयोग्य नाफा रू. ४१ करोडभन्दा बढी ऋणात्मक छ ।

यस अवधिसम्म उक्त बैंकले रू. १ अर्ब ८ करोड ९९ लाख खुद नाफा गरेको छ तर रेगुलेटरी रिजर्भमा रू. १ अर्ब २० करोड ९६ लाखभन्दा बढी रकम छुट्याएको छ । यस शिर्षकमा बढी रकम छुट्याएकाले पनि लक्ष्मी बैंकको वितरणयोग्य नाफा ऋणात्मक बन्न पुगेको हो ।

विगतका वर्षहरुमा उक्त बैंकले शेयरधनीहरुलाई आकर्षक लाभांश दिदैं आएको थियो । यस वर्ष पनि १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिएको थियो ।

लक्ष्मी बैंकपछि ऋणात्मक वितरण योग्य नाफा सिभिल बैंकको बढी छ । यस वर्ष सिभिलले रेगुलेटरी रिजर्भमा रू. ४७ करोड ६ लाखभन्दा बढी रकम छुट्याएको छ । तेस्रो त्रैमाससम्म सिभिल बैंकले रू. ३६ करोड ५ लाखभन्दा बढी खुद नाफा गरेको छ । 

खुद नाफाभन्दा बढी रकम रेगुलेटरी रिजर्भमा व्यवस्था गरेकाले सिभिलको वितरणयोग्य नाफा ऋणात्मक देखिएको हो । सिभिलले गत वर्षको सञ्चित मुनाफाबाट यस वर्ष ६ दशमलव ५७ प्रतिशत नगद लाभांश दिएको थियो । उक्त वैंकको चुक्तापूँजी रू. ८ अर्ब ३३ लाख रहेको छ ।

यस वर्ष १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश गरि २५ प्रतिशत लाभांश दिएको नेपाल बैंकको पनि तेस्रो त्रैमाससम्ममा रू. ६ करोड १९ हजार वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । ६ ओटा बैंकहरुमध्ये सबैभन्दा कम वितरणयोग्य नाफा ऋणात्मक हुनेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकले तेस्रो त्रैमाससम्म रू. १ अर्ब ९९ करोड ६५ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

रेगुलेटरी रिजर्भमा रू. १ अर्ब ६५ करोडभन्दा बढी रकम छुट्याएको उक्त बैंकको चुक्तापूँजी हाल रू. ९ अर्ब ८१ करोड ११ लाख रहेको छ ।
धितोपत्र बजारमा सूचीकृत अन्य समूहभन्दा वाणिज्य बैंकको आकर्षण लगानीकर्ताहरुमा बढी छ ।

नियमित रूपमा लाभांश दिने गरेका वाणिज्य बैंकहरुले यस वर्षपनि अवस्था सामान्य भई उठ्न बाँकी ब्याज संकलन गरे भने शेयरधनीहरुको हात पक्कै खाली राख्ने थिएनन् । तर लकडाउन जारी भई अवस्था सामान्य नभए ब्याज संकलनमा कमि आउने र अर्को त्रैमाससम्ममा पनि वितरणयोग्य नाफामा सुधार ल्याउन नसकिने कतिपय बैंकर्सहरुले बताएका छन् ।

वितरणयोग्य नाफा ऋणात्मक रहेका ६ वाणिज्य बैंक : (रकम रू. लाखमा)


स्रोत : सम्बन्धित् बैंकको तेस्रो त्रैमासिक वित्तीय विवरण
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)