ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याग्दीको अर्मनमा फस्टाउँदै टर्की व्यवसाय

२०७७ जेठ, १४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनमा परीक्षणका रूपमा गरिएको टर्की पालन व्यवसाय सफलतातिर लम्किएको छ । स्थानीय शिशुकल्याण माध्यमिक विद्यालय अर्मनका शिक्षक घनश्याम सुवेदीले परीक्षणका रूपमा १ वर्षअघि २/२ ओटा भाले र पोथी चल्लाबाट टर्की पालन शुरू गरेका थिए ।

परीक्षणका रूपमा शुरू गरिएको टर्की पालन सफल भएपछि उनले गत असारमा ६० ओटा चल्ला थपेका थिए । शिक्षक सुवेदीले विद्यालय समयबाहेकको अन्य समयमा टर्कीको रेखदेखमा खर्चिने गरेका छन् । गाउँको लागि टर्कीपालन नयाँ व्यवसाय हो । कम लगानीमा राम्रो प्रतिफल प्राप्त हुने थाहा पाएपछि टर्की पालन शुरू गरेको सुवेदी बताउँछन् ।
‘मैले विशेषगरी अण्डाका लागि टर्की पालन गरेको हुँ, अण्डाको राम्रो मूल्य पाइन्छ,’ सुवेदीले भने । उनका अनुसार पोखरामा टर्कीको अण्डा प्रतिगोटा रू. २०० का दरमा विक्री हुने गरेको छ । गाउँमा पहिलोपटक टर्की पालन गर्दा केही असजिलो महशुस भएपनि अहिले भने कुनै समस्या नरहेको उनले बताए ।
 
गत असारमा ल्याएका टर्कीका चल्ला अहिले ५ किलो सम्मका भएका छन् । अण्डा र मासुका लागि टर्की बेचेर सुवेदीले वार्षिक रू. १ लाख भन्दाबढी कमाइ हुने बताए । सुवेदीबाट प्रेरणा पाएका अर्मनका ५ जना तथा छिमेकी गाउँका किसानहरूले समेत टर्की पालन शुरू गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)