ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

रू. ५५ लाख लगानीमा पहिलो पटक रेशम खेती शुरू

२०७७ जेठ, १४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

.सल्यान । कर्णाली प्रदेशमा नै पहिलोपटक सल्यानमा व्यावसायिक रेशम खेती शुरू गरिएको छ । जिल्लाको शारदा नगरपालिका–२ जोगी देउखोलामा ३ जना युवाको सक्रियतामा रेशम खेती शुरू गरिएको हो । सूर्योदय बहुउद्देश्यीय कृषि फर्ममार्फत स्थानीय नारायण दाहाल, यज्ञविक्रम शाह र देवराज सिंह राठौरले रेशम खेती शुरू गरेका हुन् ।

७२ रोपनी जग्गा भाडामा लिएर रेशम खेती शुरू गरिएको देवराज दाहालले जानकारी दिए । ‘हामीले २०७४ सालमा फर्म दर्ता गरी अहिले व्यावसायिक रूपमा रेशम खेती शुरू गरेका हौँ’, उनले भने, ‘अहिले हामीले दाङको गढुवाबाट ल्याएर ४० हजार किम्बुको बिरुवा रोपेका छौँ, ढिलोमा आगामी पुस महीनादेखि पहिलो चरणको रेशम उत्पादन गर्ने लक्ष्य राखेका छौँ ।’

आफु स्वरोजगार बन्ने र स्थानीय युवालाई रोजगारी दिने उद्देश्यले कृषि फर्म सञ्चालन गरिएको उनको भनाइ छ । फर्म दर्ता, जग्गा भाडा, किम्बुका बिरुवा खरीदलगायत कामका लागि अहिलेसम्म करीब रू. ५५ लाख खर्च भएको उनी बताउँछन् । पश्चिम नेपालमा रेशम खेतीको राम्रो सम्भावना देखेर सल्यानमा खेती गर्न थालिएको उनले बताए ।

दाहालले रेशम खेतीसँगै व्यावसायिक हाँस, कुखुरा र बाख्रापालन गर्ने योजनासमेत सुनाए । ‘हामीले रेशम खेती शुरू गरेका छौँ, यसलाई व्यवस्थित गर्दै करीब १ हजार ओटा हाँस, १ हजार ओटा लोकल कुखुरा र उन्नत जातका ७० ओटा भन्दाबढी बाख्रा पालन गर्ने योजना छ, त्यसका लागी पहिलो चरणको काम सम्पन्न गरेका छौँ’, उनले भने । रेशम खेती गर्दा किम्बुको घाँस पनि प्रयोगमा आउने गरी बाख्रापालन गर्ने तयारी गरिएको हो ।

आसपासका क्षेत्रमा रेशम प्रशोधन केन्द्र नभएकाले उत्पादित रेशमलाई धादिङ पठाउने योजना रहेको उनले बताए । ‘रेशम खेती गर्न शुरूमा समस्या हो, रेशमको धागोको बजार माग राम्रो छ, शुरूमा हामीले यहाँको रेशम जिल्लाबाहिर पठाउछौँ, पछि जिल्लामा नै प्रशोधन केन्द्र सञ्चालन गर्ने हाम्रो योजना छ’, फर्ममा अहिले ३ जनालाई रोजगारी दिइएको उनले बताए । किम्बुको घाँस रेशम किराले खाएर कोकुन उत्पादन गर्छ, यसैबाट धागो बनाइन्छ । त्यही किम्बु नै रेशमको आहारा हो । किम्बु उत्पादन हुने ठाउँमा रेशम खेती हुन्छ । रेशम खेतीबाट अर्थोपार्जनसँगै वातावरण पनि संरक्षण हुन्छ । रेशम खेतीका लागि किम्बुको बिरुवा रोप्नुपर्छ । बिरुवा रोपिएपछि वरपरको हावापानी स्वच्छ र शुद्ध हुन्छ । वर्षमा ३ पटकसम्म रेशम उत्पादन गर्न सकिने जानकारहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)