ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनमा गाउँ फर्केका युवा विकास निर्माण र खेतीपातीमा

२०७७ जेठ, १४  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar नवराज शिवाकोटी

.दोलखा । लकडाउनसँगै गाउँ फर्किएका दोलखाका युवाहरू विकास निर्माण तथा कृषि कार्यमा संलग्न हुन थालेका छन् । गाउँ फर्किएका युवाहरू लकडाउन लम्बिदै जाँदा अहिले आयआर्जनका लागि विकास निर्माण तथा कृषि कार्यमा संलग्न हुन थालेका हुन् ।

गाउँ–गाउँमा भइरहेको सडक निर्माण, खानेपानी योजना, भवन निर्माण र सानातिना उपभोक्ता समितिका कामहरूमा उनीहरूले सहभागिता बढाउन थालेका छन् । स्तरोन्नतिको क्रममा रहेको चारिकोट–जिरी सडकखण्डमा काम गर्ने जिल्ला बाहिरका मजदुरहरू लकडाउनमा घर गएपछि काम अगाडि बढाउन समस्या परेकोमा अहिले स्थानीय युवाहरू नै काममा संलग्न भएको लामा कन्स्ट्रक्सनका प्रोेजेक्ट म्यानेजर रवीन्द्र श्रेष्ठले बताए । अहिले कन्स्ट्रक्सनले सडक स्तरोन्नतिको जिम्मा लिएको चारिकोट–जिरी खण्डमा ८५ प्रतिशत भन्दाबढी मजदुर दोलखाकै रहेको उनको भनाइ छ ।

‘पहिला काम नपाएर अन्यत्र मजदुरी गर्न गइन्थ्यो तर अहिले लकडाउनले बाहिरका मजदुर गएपछि यतै काम पाइयो र काममा लागिएको छ’, तामाकोशीनजिक सडकको काम गरिरहेका दोलखा खरीढुंगाका भीम गुभाजुले भने, ‘एक हिसाबले लकडाउन राम्रै पनि भइरहेको छ, आप्mनै ठाउँमा काम पाइयो ।’ यस्तै लकडाउन भन्दै घर बसेर गुजारा नचल्ने भएकोले आफू मजदुरी गर्न आएको पवटीका आकाश कार्कीले बताए ।

जिल्लाबाहिर ड्राइभिङ, फुटपाथमा काम गर्ने, अरुको पसलमा काम गर्नेलगायत विभिन्न पेशामा संलग्न युवाहरू अहिले गाउँ फर्किएर सडक निर्माण, विभिन्न उपभोक्ता समितिका काममा मजदुरी गर्ने तथा कृषि कार्यमा संलग्न भइरहको बैतेश्र गाउँपालिका नाम्दुका झिल्के सार्कीले बताए । पहिले उपभोक्ता समितिमा रहेर काम गर्ने मानिसको समेत अभाव हुने गरेकोमा अहिले गाउँमा काम खोज्ने मानिसको संख्या बढेको दोलखाका स्थानीयको भनाइ छ ।

गाउँ फर्केका केही युवाहरू भने वर्षौदेखि बाँझो रहेका जग्गामा खेती गर्ने तयारीमा लागेका छन् ।

लकडाउनकै कारणले किन नहोस् युवामा आएको सकरात्मक सोच देख्दा आफूलाई अब गाउँ पहिलेको जस्तै खेतीमय हुन्छ कि भन्ने आशा जागेको भीमेश्वर नगरपालिका–१ की स्थानीय दुर्गा शिवाकोटी बताउँछिन् ।

स्थानीयहरू लकडाउनको समयमा गाउँ फर्केर काम गरिरहँदा अबका दिनमा युवाहरूलाई गाउँमै टिकाउने वातावरण तयार गर्न ३ ओटै तहका सरकारको ध्यान जानुपर्ने नागरिक अगुवा चिरञ्जीवी मास्के बताउँछन् । सम्बृद्धिको मुख्य आधार मध्येको एक कृषि पेशा भएकोले कृषिमार्फत रोजगारीको सिर्जना गरी उत्पादन वृद्धि गरी बजारको पहुँचमा ल्याउने कार्य राज्यबाट भएमा बेरोजगारीको समस्या हल हुनेसमेत उनको भनाइ छ । यसबाट मुलुकले लिएको समृद्धिको लक्ष्यलाईसमेत मद्दत पुग्ने मास्के बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)