ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विक्री नभएपछि तरकारी बारीमा ट्याक्टर

२०७७ जेठ, १८  
बजार
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । लकडाउनका कारण भारतबाट  तरकारी आयात नभइरहेको बेलामा चितवनमा उत्पादित तरकारीलेसमेत बजार पाएको छैन । विक्री नभएपछि किसानहरूले तरकारीबारीमा ट्याक्टर लगाउन थालेका छन् । भारतबाट आयात नभएपछि तरकारीले राम्रै बजार पाउने आश किसानहरूले गरेको भएपनि उत्पादन बजारसम्म पु¥याउन नसक्दा र थोक तरकारी बजारसमेत बन्द हुँदा उनीहरूको तरकारी विक्री हुन नसकेको हो ।

खैरहनी नगरपालिकामा गत वर्ष पनि तरकारीले मूल्य नपाएपछि यहाँका किसानले डोजर चलाएका थिए । खैरहनी–१ बहेराका किसान बासुदेव सापकोटाले १२ वर्ष अघिदेखि तरकारीखेती गर्दै आएपनि यो सिजनमा तरकारीबारीमा ट्याक्टर लगाएर नष्ट गर्न बाध्य भएको बताए । उनले यसपटक बजारमूल्य नपाएपछि भिन्डीबारीमा ट्याक्टर लगाएर नष्ट गरेको बताए ।

‘लगानी त परै जाओस, श्रमको मूल्यसमेत उठेन अनि जोत्न नै उपयुक्त ठाँने’, उनले भने । उनले यस वर्ष ७ कठ्ठा जग्गामा भिन्डी लगाएका थिए । वैशाख महीनामा रू. १२ हजारको मात्र भिन्डी विक्री गरेपनि त्यसपछि विक्री नभएको र छिप्पिएर खेर गएको उनले बताए । आफ्नो श्रमबाहेक ७ कठ्ठामा रू. ६५ हजार खर्च गरेर भिन्डी
लगाएका उनले लकडाउनकै कारण तरकारी विक्री गर्न नपाएको बताए । अर्को तरकारीखेती लगाउन ढिला भएका कारण जोत्नुपरेको सापकोटाको भनाइ छ ।
लकडाउनका कारण अधिकांश किसानको तरकारी बारीमै कुहिएको छ भने कतिपयले तरकारीबाट कम्पोष्ट मलसमेत बनाउन शुरू गरेका छन् । तरकारीको माग राम्रै भएपनि उपभोक्तासमक्ष तरकारी पुग्न नसक्दा किसानले यस्तो समस्या भोग्नु परेको हो ।

बासुदेव जस्तै सोही ठाउँका अर्का किसान कृष्ण सापकोटा पनि लगाएको सबै तरकारी जोत्ने तयारीमा छन् । यसअघि किसानहरूले लगाएको मौसमी तरकारी प्रतिकिलो रू. २ मा झरेपछि उनले त्यो बेला पनि ट्याक्टर लगाएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)