ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनका बीच १ हजारभन्दा बढीले खोले डी म्याट खाता 

२०७७ जेठ, १८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

जेठ १८, काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा न्युनिकरणका लागि सरकारले लकडाउन शुरु गरेको यो अवधिसम्ममा हितग्राही खाता (डी म्याट) खोल्नेको संख्या १ हजारभन्दा बढी भएको छ ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार चैत ११ गतेपछि १ हजार ६२ हितग्राही खाता थपिएको छ । सीडीएससीका प्रबक्ता सुरेश न्यौपानेले लकडाउनकै बीच पनि शेयरधनीहरुले आफ्नो शेयर खातामा सुरक्षित गर्नका लागि हितग्राही खाता खोलेको जानकारी दिए ।

लकडाउनमा पनि मर्चेण्ट बैंकरसँगै डीपी कार्यालयहरु सुचारु रहेकाले हितग्राही खाताको संख्या वृद्धि भएको उनको भनाइ छ ।धितोपत्र कारोबार गर्नका लागि हितग्राही खाता अनिवार्य गरिएसँगै यो खाताको संख्या हाल १६ लाख ६० हजार ३६३ रहेको छ ।प्राथमिक बजारमा आस्वा प्रणाली लागू भएसँगै धितोपत्र कारोबारमा हितग्राही खाता पनि अनिवार्य गरिएको हो ।

अहिले सार्वजनिक निष्कासनमा आवेदन दिंदा तथा दोस्रो बजारमा शेयर कारोबार गर्दा हितग्राही खाता अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हुन्छ । विसं २०७३ साउन १ गतेदेखि काठमाडौं उपत्यकाभित्र र विसं २०७३ माघ १ गतेदेखि देशभरिनै सार्वजनिक निष्काशनमा आवेदन दिँदा लगानीकर्ताहरुले हितग्राही नम्बर अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरिएको थियो ।

उक्त व्यवस्था लागू भएसँगै हितग्राही खाता खोल्नेको संख्या बढ्दै गएको छ । आगामी आर्थिक वर्षदेखि धितोपत्र कारोबार पूर्ण अनलाईन बनाउने प्रयास सम्बन्धित निकायबाट भैरहँदा हितग्राही खाताको संख्या बढ्नुले लगानीकर्ता पनि यसप्रति आकर्षित हुन थालेको स्पष्ट देख्न सकिन्छ ।

हितग्राही खाताको प्रचलन शुरु भएसँगै कागजी प्रमाणपत्रमा अभिलेख राख्नुपर्ने झन्झटको अन्त्य भएको पुराना शेयर लगानीकर्ता डम्बरु बल्लब घिमिरे बताउँछन् । 

आफुसँग भएको ३५० ओटाभन्दा बढी शेयर प्रमाणपत्र देखाउँदै उनले सबैलाई हितग्राही खातामा अद्यावधिक गराईसकेको जानकारी दिए ।

‘पहिला– पहिला वर्षै पिच्छे लाइन बसेर प्रमाणपत्रमा अभिलेख राख्न जानुपर्ने, प्रमाणपत्र हराए झन्झट हुने अवस्था थियो’, उनले भने,  ‘हितग्राही खातामा शेयर जम्मा गरेपछि धेरै सजिलो भएको छ ।’

 उनले अझै पनि धेरै लगानीकर्ताहरुले आफ्नो शेयर हितग्राही खातामा जम्मा नगरेको जानकारी दिंदै जसबाट समयमै लाभांश पाउने अवसरबाट बञ्चित भएको बताए । 

सीडीएससीका अनुसार हालसम्म ५ अर्ब २४ करोड ६८ लाख ६५ हजार कित्ता शेयर हितग्राही खातामा जम्मा भएको छ ।

यो पनि हेर्नुस्

धितोपत्र कारोबारमा हितग्राही खाता

डि म्याट खाता कसरी खोल्ने ?

डी म्याट (हितग्राही) खाता

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)