ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको अवधि लम्बिएपछि शेयर बजार खुल्ने मिति अनिश्चित

२०७७ जेठ, १८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

जेठ १८, काठमाडौं । नेपालको शेयर बजार लकडाउनको अवधि जेठ ३२ गतेसम्म लम्ब्याएपछि उक्त मितिसम्म बन्द रहने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले लकडाउनको अवस्थामा शेयर बजार सुचारु नहुने बताए ।
 ‘

हामीले नेप्सेलाई यस अघिनै लकडाउन जारी रहे बजार पनि बन्द गराउन निर्देशन दिइसकेका छौं’, उनले भने, ‘यो अवस्थामा बजार सुचारु गर्न हामी सम्बद्ध निकायलाई पनि समस्या हुन्छ ।’
 गत चैत १० गतेदेखि बन्द रहेको नेपालको शेयर बजार लकडाउनकै बीच गत वैशाख ३१ र ३२ गते खुला भएको थियो । दुई दिनकै कारोबार नकारात्मक सर्किटको प्रभावमा परेपछि लगानीकर्ताले रू. ६३ अर्बभन्दा बढी सम्पत्ति गुमाएका थिए । 

पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले एक तिहाई कर्मचारी उपस्थित गराउने गरी सम्बद्ध कार्यालय सञ्चालनको लागि पास उपलब्ध गराउने गरी बजार सुचारु गरिएको थियो । पुनः बजार बन्द भएपछि बोर्डले जारी सबै पास रद्ध गरिसकेको छ ।

अनलाईन कारोबार प्रणालीलाई प्रोत्साहन गर्न भन्दै खुला गरिएको बजारले राम्रो गति लिन नसकेपछि पुनः बन्द गरिएको हो । 

बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बोर्डले लकडाउन अवधिभर बजार सञ्चालन नगर्न भनेकाले बजार बन्दनै हुने जानकारी दिए । उनले बजार बन्द भए पनि धितोपत्र सूचीकरण र कम्पनीहरुको सूचना नेप्सेमार्फत सार्वजनिक गर्न सकिने कामलाई भने निरन्तरता दिइने बताए । 

लकडाउनकै बीच नेप्सेले शेयर बजार सुचारु भएपश्चात कारोबार हुने गरी नेपाल पुनर्बीमा कम्पनीको शेयर सूचीकरण प्रक्रिया सम्पन्न गरिसकेको छ । कम्पनीहरुले विक्री गरिसकेका शेयर सूचीकरण गराउन सकिने नेप्सेका प्रमुख साउदले प्रष्ट पारेका छन् ।

बजार बन्द भएपनि नेपाल धितोपत्र बोर्ड आवश्यक ऐन संशोधनका लागि छलफलमा जुटेको छ भने नेपाल स्टक एक्सचेञ्ज पनि आवश्यक ऐन ल्याउन सक्रिय रहेको छ ।
बोर्डका अध्यक्ष ढुङ्गानाले बजारलाई समय सापेक्ष बनाउका लागि कतिपय ऐन संशोधन गर्न आवश्यक देखिएकाले छलफल भइरहेको बताए ।

नेप्सेका प्रमुख साउद भने केहि दिनभित्र आईटी पोलीसी बोर्डबाट स्वीकृत हुने चरणमा रहेको बताउँछन् ।उनले उक्त पोलिसी बोर्डबाट परिमार्जन गर्नका लागि निर्देशन भएको र ती कामहरु नेप्सेले पुरा गरेकाले अवको केहि दिनमै आईटी पोलीसी स्वीकृत भएर आएपछि लागू गरिने बताए । 

आगामी आर्थिक वर्षदेखि अनलाईन कारोबारलाई अनिवार्य गर्न लागेको नेप्सेले आफ्नो तर्फबाट गर्नुपर्ने काम भइसकेको बताएको छ । नेप्से प्रमुख साउदले अब बैंक इन्ट्रिग्रेसनको काम ब्रोकर र लगानीकर्ताले गर्नुपर्ने हो त्यसका लागि पनि निर्देशन दिइसकेको जानकारी दिए । 

सावधानी अपनाएर भएपनि बजार खोल्नुपर्ने पक्षमा उभिएका लगानीकर्ताहरु लकडाउनका बीच दुई दिनको नकारात्मक प्रभावपश्चात भने खोल्न नहुने पक्षमा उभिएका छन् । बरु उनीहरु लकडाउनका बीच खोलिएको दुई दिनको कारोबारमा गुमेको सम्पत्ति फिर्ता हुने गरी कारोबार रद्ध गर्नुपर्ने अडानमा रहेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)