ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

 ९ महीनामा ४९ ओटा लघुवित्तको नाफा ३ अर्ब ८५ करोडभन्दा बढी 

 सबैभन्दा बढी छिमेक लघुवित्तको नाफा ५९ करोड १८ लाख

२०७७ जेठ, १९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

जेठ १९, काठमाडौं । नेपालका विभिन्न जिल्लामा कार्यालय रहेका ४९ ओटा लघुवित्त कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा कुल रू.३ अर्ब ८५ करोड नाफा कमाएका छन् ।

तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ती कम्पनीहरुले गत आवको तेस्रो त्रैमासमा रू. ३ अर्ब ९७ करोड नाफा कमाएका थिए । गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको तेस्रो त्रैमासमा नाफा ३ दशमलव १३ प्रतिशतले कमी आएको हो । 

नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा ५० ओटा लघुवित्त कम्पनी सूचीकृत  छन् । ५० ओटा कम्पनीमध्ये एक नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले भने हालसम्म पनि वित्तीय विवरण प्रकाशित गरेको छैन । 

चालू आवको तेस्रो त्रैमासमा ४९ ओटा कम्पनीमध्ये सबैभन्दा बढी छिमेक लघुवित्त वित्तीय संस्थाले रू. ५९ करोड १८ लाख नाफा कमाएको छ । धेरै नाफा कमाउनेमा दोस्रो र तेस्रोमा क्रमश : निर्धन उत्थान लघुवित्तले रू. ४७ करोड ३२ लाख र साना किसान विकास लघुवित्तले रू. ४३ करोड ५० लाख नाफा कमाएका हुन् । 

वित्तीय विवरणलाई हेर्दा चालू आवको तेस्रो त्रैमासमा ती कम्पनी मध्ये २२  ओटा कम्पनीको नाफा घटेको छ भने बाँकी कम्पनीको नाफा बढेको देखिन्छ । 

उक्त अवधिमा सबैभन्दा बढी नाफा सर्पोट माइक्रोफाइनान्सको नाफा २२० प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा उक्त कम्पनीले रू. २० लाख ७० हजार नाफा कमाएकोमा चालू आवको तेस्रो त्रैमासमा रू. ६६ लाख २८ हजार नाफा कमाएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)