ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीमालेख धितोकर्जामा आकर्षण : ९ महीनामा बीमा कम्पनीद्वारा ४२ अर्बभन्दा बढी कर्जा प्रवाह

२०७७ जेठ, १९  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

जेठ १९, काठमाडौं । जीवन बीमा कम्पनीहरुले बीमा सुविधासँगै बीमालेख धितो राखेर कर्जा पनि प्रवाह गर्दै आएका छन् । जीवन बीमा कम्पनीहरुले मात्र प्रवाह गर्ने यो कर्जा चालू आर्थिक वर्षको नौं महीनासम्म रू. ४२ अर्ब ६६ करोड ५० लाख रहेको छ । 

गत वर्ष यस अवधिसम्म यो कर्जा रकम रू. २७ अर्ब ९९ करोड ५३ लाख थियो । गत वर्षभन्दा यस वर्ष ५२ दशमलव ४० प्रतिशत बढी यो कर्जा प्रवाह भएको देखिन्छ । बीमितहरुले दुई किस्तासम्म प्रिमियम जम्मा गरेपश्चात जम्मा भएको कुल प्रिमियमको ९० प्रतिशतसम्म यो कर्जा लिन पाउने व्यवस्था छ । 

यो वर्ष पुराना जीवन बीमा कम्पनीहरुले रू. ४१ अर्ब १३ करोड ७१ लाख र नयाँ जीवन बीमा कमपनीहरुले रू. १ अर्ब ५२ करोड ७९ लाख बीमालेख धितोमा राखेर कर्जा प्रवाह गरेका छन् । 

गत वर्ष पुराना नौं कम्पनीहरुले रू. २७ अर्ब ८२ करोड १५ लाख यो कर्जा प्रवाह गरेका थिए भने नयाँ दश कम्पनीहरुमध्ये पाँच कम्पनीले मात्र रू. १७ करोड ३८ लाख बराबरको कर्जा प्रवाह गरेका थिए ।

अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा कम ब्याज दर र सहज प्रकृयाबाट बीमालेख धितोकर्जा पाइने भएकाले पनि यो कर्जाप्रति बीमितहरुको आकर्षण बढेको देखिन्छ । 

आगामी दिनमा अझ बढी यो कर्जामा आकर्षण देखिने सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले जानकारी दिए । सूर्या लाइफले गत वर्षभन्दा यस वर्ष १०२ दशमलव ३४ प्रतिशत बढी रू. ६९ करोड ४ लाख बीमालेख धितो राखेर कर्जा प्रवाह गरेको उनले जानकारी दिए । 

१० प्रतिशत ब्याजदरमै यो कर्जा प्रवाह गरिरहेको पाण्डेको भनाइ छ । लकडाउनका बिच आफ्ना बीमित सदस्यहरुको अवस्थालाई हेरी छिटो छरितो रुपमा यो कर्जा प्रवाह गरिरहेको समेत उनले बताए । 

गत वर्षभन्दा यस वर्ष वृद्धि प्रतिशतको हिसावमा सूर्या लाइफ सबैभन्दा अघि भएपनि रकमको हिसाबमा सबैभन्दा बढी नेपाल लाइफले यो कर्जा प्रवाह गरेको छ । 

नेपाल लाइफले गत वर्ष नौं महीनासम्म रू. ११ अर्ब २ करोड ८२ लाख बीमालेख धितोमा कर्जा उपलब्ध गराएकोमा यस वर्ष सोहि अवधिसम्म रू. १६ अर्ब ६९ करोड ५ लाख उपलब्ध गराएको छ । गत वर्षभन्दा यस वर्ष ५१ दशमलव ३४ प्रतिशत बढी बीमालेख धितोमा कर्जा उपलब्ध गराउन नेपाल लाइफ सफल भएको हो । 

नयाँ कम्पनीहरुमध्ये यूनियन लाइफले यस वर्ष सबैभन्दा बढी रू. ७६ करोड २५ लाख बीमालेख धितोमा कर्जा प्रवाह गरेको छ । यूनियनले गत वर्ष यस अवधिसम्म रू. ८ करोड ३३ लाख यो कर्जा प्रवाह गरेको थियो । 

बीमा कम्पनीहरुले प्रवाह गरेको यो कर्जाका ऋणीहरुलाई लकडाउनको अवस्थामा राहत स्वरुप ब्याजमा १५ प्रतिशत छूटको व्यवस्था समेत गरिएको छ । 

नियामक निकाय बीमा समितिले जेठ ७ गते सबै जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिँदै लकडाउन अवधि समाप्त भएको एक महीनाभित्र बीमालेख धितोमा कर्जा लिएकाहरुले ब्याज बुझाउन आएमा ब्याजको १५ प्रतिशत छूट दिन भनेको छ । 

यस निर्देशनले पनि यो कर्जा लिएका ऋणीहरुमा सकारात्मक प्रभाव परेको कम्पनीहरुले बताएका छन् । समितिको निर्देशन बमोजिम सो अवधिभित्र कर्जा तिर्न आएमा १५ प्रतिशत ब्याज छूट दिने प्रतिवद्धता कम्पनीहरुको छ ।

तेस्रो त्रैमासमा पुराना जीवन बीमा कम्पनीहरुको अवस्था (रकम रू. लाखमा)

                                                                                            स्रोतः सम्बन्धित कम्पनीहरुको वित्तीय विवरण

नयाँ जीवन बीमा कम्पनीहरुको अवस्था (रकम रू. लाखमा)

                                                                                             स्रोतः सम्बन्धित कम्पनीहरुको वित्तीय विवरण

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)