ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ ओटा म्युचुअल फण्डको लागत मूल्यभन्दा बजार मूल्य बढी 

२०७७ जेठ, २१  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

जेठ २१, काठमाडौं । वैशाख मसान्तसम्ममा १५ ओटा म्युचुअल फण्डमध्ये ६ म्युचुअल फण्डको कुल लगानीकोे लागत मूल्यभन्दा बजार मूल्य बढी रहेको छ । बाँकी ९ ओटा म्युचुअल फण्डको भने लागत मूल्यभन्दा बजार मूल्य कमि भएको हो । 

सिटीजन्स म्युचुअल फण्ड १, सिटीजन्स म्युचुअल फण्ड २, एनआइसी एशिया ग्रोथ फण्ड, एनएमबी ५०, एनएमबि हाइब्रिड फण्ड एल १ र सानिमा इक्विटी फण्डको कुल लगानीको लागत मूल्यभन्दा बजार मूल्य बढी रहेको हो । 

सानिमा इक्विटी फण्डले सूचीकृत तथा सूचीकृत नभएका शेयर तथा डिबेञ्चर गरी वैशाख मसान्तमा गरेको लगानीको लागत मूल्य रू.९३ करोड ३४ लाख    ( धितोपत्र दलाल कमिशन कारोबार शुल्कसमेत) रहेको छ । यस लगानीको बजार मूल्य रू. १ अर्ब १० करोड पुगेको हो । 

वैशाख मसान्तसम्ममा १५ ओटा म्युचुअल फण्डमध्ये २ ओटा म्युचुअल फण्ड नोक्सानीमा रहेका छन् । ग्लोबल आइएमई समुन्नत स्किम– १ रू. १८ करोड ४२ लाख र लक्ष्मी इक्विटी फण्डले रू. १८ करोड ४७ लाख नोक्सानी व्यहोरेका हुन् । 

चैत मसान्तको तुलनामा वैशाख मसान्तमा  सबै म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य घटेको छ । विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा जारी लकडाउनले गर्दा बजार  बन्द छ । 

वैशाखमा दुई दिनमात्र खुलेको बजारमा नकारात्मक सर्किट लागेपछि यसको असर ती म्युुचुअल फण्डहरुले गरेको सूचीकत शेयरमा पनि परेको छ । सोही कारण  म्युचुअल फण्डको लगानीको बजार मूल्य र प्रतिइकाई खुद सम्पत्तिको मूल्य पनि घटेको हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Kiran Kumari Sah

[Jun 3, 2020 11:31pm]

It will be better now to give the results as whole as well as province wise



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)