ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

भीडीयो कन्फ्रेन्समार्फत २८ औं वार्षिकोत्सव मनाउने तयारीमा नेपाल धितोपत्र बोर्ड

२०७७ जेठ, २४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

जेठ २४, काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफ्नो २८ औं वार्षिकोत्सव भीडीयो कन्फ्रेन्समार्फत आइतवार मनाउने भएको छ ।

बोर्डले अर्थमन्त्रि डा युवराज खतिवडाकाको प्रमुख आतिथ्यतामा मनाउन लागिएको उक्त वार्षिकोत्सव समारोहमा भीडीयो कन्फ्रेन्समार्फत अन्तरक्रिया  कार्यक्रम पनि गर्ने कार्यक्रम रहेको छ ।

अपरान्ह २ बजेदेखि शुरु हुने भीडीयो कन्फ्रेन्समा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई , नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद, स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाट, नेपाल मर्चेण्ट बैंकर एशोसिएशनका अध्यक्ष ध्रुब तिमिल्सिना सहभागी हुनेछन् साथै बोर्डको तर्फबाट अध्यक्ष भिष्मराज ढुङ्गाना, कार्यकारी निर्देशकद्वय परिष्टनाथ पौडेल र निरज गिरीको प्रतिनिधित्व रहनेछ । 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका बीच बोर्डले भीडीयो कन्फ्रेन्स मार्फत वार्षिकोत्सव कार्यक्रम गर्न लागेको हो ।
 

बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले यो संक्रमणका बेला सबैजना भेला भएर कार्यक्रम गर्न नसक्ने अवस्था भएकाले भीडीयो कन्फ्रेन्समार्फत गर्न लागेको बताए । 
उनका अनुसार भीडीयो कन्फ्रेन्समार्फत पनि औपचारिक रूपमै कार्यक्रम गर्ने तयारी भएको छ । 

उक्त अवसरमा बोर्डका अध्यक्ष ढुङ्गानाले बोर्डको प्रगति विवरणसहितको मन्तव्य राख्नेछन् ।त्यसपछि प्रमुख अतिथि अर्थ र सञ्चार तथन सूचना प्रविधिमन्त्री खतिवडाले शुभकामना मन्तव्य राख्ने कार्यक्रम छ ।

अर्थमन्त्रिको शुभकामना मन्तव्य पश्चात क्रमश गभर्नर, बीमा समिति अध्यक्ष, नेप्सेका प्रमुख कार्यकारी अधिकृत, नेपाल मर्चेण्ट बैंकर एशोसिएशनका अध्यक्ष र स्टक ब्रोकर एशोसिएशनका अध्यक्षले आ– आफ्ना मन्तव्य राख्ने कार्यक्रम  रहेको छ ।

बोर्डको उक्त कार्यक्रममा सीडीएस एण्ड क्लियिरिङ लिमिटेड, नेपाल क्लियरिङ हाउस र लगानीकर्ता संघहरुलाई भने समेटिएको छैन् । तर, बोर्डले जुमप्रविधिमार्फत गर्न लागेको भीडीयो कन्फ्रेन्समा सहभागी भई अन्तरक्रिया सुन्न सक्ने गरी अन्य सहभागीहरुलाई पनि जोड्ने तयारी भने गरिएको छ ।

साथै उक्त कार्यक्रम सामाजिक सञ्जाल फेसबुकमार्फत पनि लाइभ गर्ने भएकाले त्यसमा पनि जोडिन सकिने बोर्डले बताएको छ ।

नेपालको इतिहासमा विसं १९९४ मा विराटनगर जुट मिल्स र नेपाल बैंक लिमिटेडले पहिलो पटक सर्वसाधारणलाई धितोपत्र निष्कासन गरेपनि अनौपचारिक रुपमा शुरु भएको धितोपत्र बजार हालसम्म आइपुग्दा केही हदसम्म परिपक्क भएको अवस्था छ । 

अनौपचारिक शुरुवातको करीब चार दशकको अन्योलपछि विसं २०३३ सालमा सेक्युरिटी खरीदविक्री केन्द्रको स्थापना भएपछि मात्र धितोपत्र बजारको संस्थागत विकासको शुरुवात भएको पाइन्छ ।

धितोपत्र बजारको व्यवस्थापनका लागि तत्कालिन सरकारले नियमनका लागि नेपाल धितोपत्र बोर्ड र धितोपत्र कारोबारका लागि नेपाल स्टक एक्सचेञ्जको स्थापन गर्‍यो । २०४९ सालमा धितोपत्र कारोबार ऐन, २०४० लाई संशोधन गरी धितोपत्र बजारको स्वायत्त नियमनकारी निकाय स्थापना गर्न सक्ने व्यवस्था गरिएको थियो । 

 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)