ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुई दिन खुलेको बजारमा २३ ओटा लघुवित्त कम्पनीको शेयर मूल्य घट्यो 

२०७७ जेठ, २७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

जेठ २७, काठमाडौं । वैशाखमा भएको दुई दिनको शेयर कारोबारमा २३ ओटा लघुवित्त कम्पनीको शेयरमूल्य घटेको छ । चैत महीनाको अन्तिम कारोबार दिनको तुलनामा वैशाख महीनामा ५० ओटा मध्ये २३ ओटा लघुवित्त कम्पनीहरुको शेयरमूल्य घटेको हो ।

लकडाउनका बीच दुई दिन खुलेको बजारमा कारोबारमा आएका सबै कम्पनीको शेयरमूल्य घटेको थियो । वैशाखमा ५० ओटा लघुवित्त कम्पनीहरुमध्ये २३ ओटा कम्पनीको मात्र शेयर कारोबार भएको छ ।

चैत महीनाको अन्तिम कारोबारको तुलनामा वैशाखको अन्तिम कारोबार दिन २३ ओटा कम्पनीमध्ये सबैभन्दा बढी जनउत्थान सामूदायिक लघुवित्तको शेयरमूल्य घटेको छ । उक्त कम्पनीको २५ प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले मूल्य समायोजनसमेत गरेको थियो ।
 

शेयर समायोजन मूल्यपछि पनि कम्पनीको शेयरमूल्य घटेको छ । २५ प्रतिशत बोनस पश्चात् नेप्सेले जनउत्थान सामूदायिक लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५१२ तोकेको थियो । 

नेप्सेले वैशाख ३० गते जनउत्थानको शेयरमूल्य समायोजन गरेको हो । चैतको तुलनामा वैशाखमा जन उत्थानको शेयरमूल्य रू.४६७ ले घटेको हो । मूल्य समायोजन अघि जनउत्थानको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ८९० थियो । मूल्य समायोजनले पनि जनउत्थानको शेयरमूल्य बढी घटेको देखिएको हो ।

जन उत्थानपछि एनएमबि माइक्रोफाइनान्सको शेयरमूल्य बढी घटेको छ । चैत महीनाको तुलनामा वैशाखमा उक्त कम्पनीको शेयरमूल्य रू. ८१ ले घटेको हो । 

उक्त कम्पनीले तेस्रो त्रैमासमा राम्रो व्यवसाय गरेको वित्तीय विवरण सार्वजनिक गरेको थियो । सामान्य परिस्थितिमा कम्पनीको आधारभूत तथा प्रावधिक पक्षहरु केलाएर लगानी गर्ने प्रबृत्ति भए पनि लकडाउनका समयमा लगानीकर्ताहरु अन्योलमा परेका थिए ।

गत वर्ष तेस्रो त्रैमाससम्म रू. ३ करोड ३२ लाख ८१ हजार खुद नाफा गरेको उक्त कम्पनीले लकडाउनको प्रभावका बीच पनि यस वर्ष सोही अवधिमा रू. ४ करोड ५९ लाख ७४ हजार खुद नाफा गरेको छ । 

चैतको तुलनामा वैशाखमा सबैभन्दा कम आरएसडीसी लघुवित्तको शेयरमूल्य घटेको छ । चैतको तुलनामा यस कम्पनीको शेयरमूल्य रू. ८ ले घटेको हो । 

धितोपत्रको दोस्रो बजारमा ५०  ओटा लघुवित्त कम्पनीहरु सूचीकृत रहेका छन् । बजारमा सूचीकृत अन्य समूहको भन्दा लघुवित्त समूहमा धेरै कम्पनीहरु रहेका छन् । ५० ओटा कम्पनीको १७ करोड ५२ लाख ७९ हजार २६५ कित्ता शेयर सूचीकृत रहेको छ । लघुवित्त समूहको कुल बजार पूँजीकरण रू. १ खर्ब ३२ अर्ब ८ हरोड २० लाख रहेको छ । 
 


वैशाखमा भएको दुई दिन कारोबारले लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा भएको घटबढ :

स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से)
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)