ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनपछि अनलाईन कक्षा : किताबको सट्टा ग्याजेटको प्रयोग 

२०७७ जेठ, २७  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

 जेठ २७, चितवन । लकडाउनका कारण विद्यालय सञ्चाल गर्न कठिनाई भएपछि यहाँका विद्यालयले अनलाईन कक्षा  कक्षा शुरु गरेका छन् ।

अनलाइन कक्षा शुरु भएसंँगै चितवनका बजारमा ग्याजेटको माग बढ्दै गएको छ । अनलाईन कक्षाको लागि विद्यार्थीहरुलाई ल्यापटप, ट्याव, मोबाइलको आवश्यक परेका कारण दिनहुंँ अर्डर आउन थालेको यहाँका व्यवसायी बताउँछन् । 

नारायणगढस्थित बिकु ट्रेड लिंकका सञ्चालक बिक्रम कंडेल लकडाउन शुरुभएपछि नै ग्याजेटको माग बढ्दै गएको बताउँछन् । ‘अहिले ग्याजेटको माग बढ्दै गएको छ, अर्डर पुर्‍याउन गाह्रो भएको छ’, उनले भने ।

माग बढ्दै गएपनि सामान अभाव कारण माग पुर्‍याउन नसकिएको उनले बताए । माग आएपनि अनलाईन अर्डर लिन सजिलो भएपनि लकडाउनका कारण डेलिभरी दिन भने कठिनाई भएको उनको भनाइ छ । माग बढेपछि कतिपय व्यवसायीले हाल अनलाईन अर्डर लिने र होम डेलिभरी पनि गर्दै आएका छन् ।

ग्याजेटको मागबढेसंँगै लकडाउन अघिभन्दा पछि यी प्रविधिको माग बढ्दै गएको बताउंँछन्, नारायणी सामुहिक मोबाईल एण्ड एशेसोरिजका सञ्चालक सुरेश भट्टराई ।

 ‘अहिले नयांँ ग्याजेटसको पनि माग बढेको छ, पार्टसको माग पनि उत्तिकै छ’, उनले भने । उनका अनुसार माग बढेपनि पर्याप्त मात्रामा सामान खरीद गर्न नसकिएको र तुलनात्मक रुपमा महंगोमा खरीद गर्नुपरेको छ । 

अधिकांश यी उत्पादनहरु बाहिरी देशबाट आउने भएकोले हवाईउडान बन्द भएसंँगै र भन्सारमा सामान रोकिएका कारण आपूर्ति कम र माग बढी भएको उनको तर्क छ । अनलाइन कक्षासँगै अधिकांश मानिस घरमै बन्दाबन्दीमा बसेका र विकल्पको रुपमा ग्याजेट आवश्यक पर्ने भएकोले यसको प्रयोग बढेको हो  । 

सामानको अर्डर आएपछि दैनिक केही समय पसल खोलेर सेवा दिनु परेको बताउँछन्, क्यानका केन्द्रीय सदस्य एवं बिएसबी ट्रेड सेन्टर, नारायणगढका  सञ्चालक भानु शर्मा  । ‘माग त त्यस्तो आशा गरे अनुरुप बढेको छैन तर व्यक्तिगत चिनजान र सम्पर्कको आधारमा सेवा दिइरहेका छौं’, सामानको माग बढेपनि ग्राहकले चाहे अनुसारको सामान पाइदैंन’, उनले भने ।

स्मार्ट प्रविधिको माग बढेपनि नीजि तथा सरकारी कार्यालय खुल्न नसकेको कारण अपेक्षित रुपमा विक्री नभएको उनको भनाइ छ । अनलाईन कक्षा कारण पाठ्यपुस्तक र कापीभन्दा ग्याजेटकै बढी प्रयोग भएपछि यसको माग बढेको हो ।

अधिकांश स्कुले बिद्यार्थीहरुको आफ्नै व्यक्तिगत मोबाइल नहुँदा अभिभावकको मोबाइल, ल्यापटप, ट्याब पनि प्रयोग गर्दै आएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर १२ का अभिभावक सरोजा केसी आफ्नो छोरीको लागि अलग्गै ट्याब किन्नु परेको बताउँछिन् । 

‘विद्यालयले अहिले किताब चाहिंदैन, अनलाईन कक्षा लिनुस् भन्यो, उनले भनिन्, ‘बाध्य भएर ट्याब किनिदिनु परेको छ ।’ आफ्नो मोबाइलमा  नीजि काम र फोन आइराख्ने कारणले पनि ग्याजेटको आवश्यक परेको उनले बताइन् । 

पछिल्लो केही समयदेखि चितनवका सामुदायिक तथा संस्थागत बिद्यार्थीहरुले अनलाईन कक्षा सञ्चालन गर्दै आएका छन् । 

जिल्लामा सामुदायिक विद्यालय र संस्थागत गरी ५१९ ओटा विद्यालयहरु छन् । जहांँ २ लाख १७ हजार ५७९जना विद्यार्थीहरु अध्ययनरत छन् । जिल्लामा प्याव्सनमा आबद्ध १५७ ओटा विद्यालय आबद्ध छन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)