ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल पुनर्बीमा कम्पनीको शेयर नेप्सेमा सूचीकृत, मूल्य रेञ्ज पनि तोकियो 

पहिलो कारोबारको मूल्यरेञ्ज रू. १४१.४५ देखि रू. ४२४. ३५

२०७७ जेठ, २८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

जेठ २८, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आईपीओ बुधवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 

उक्त कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएको दोस्रो दिनबाट कारोबार गर्न सकिने व्यवस्था भएपनि बजार बन्द रहेकाले बजार सुचारु हुनासाथ कारोबार गर्न मिल्ने भएको छ । 

उक्त कम्पनीले नेप्सेमा सूचीकृत गराउनु पूर्वनै शेयरधनीहरुको हितग्राही खातामा शेयर जम्मा गराई सकेको छ । पहिलो कारोबारका लागि नेप्सेले रू. १४१ दशमलव ४५ देखि रू. ४२४ दशमलव ३५ सम्मको मूल्यरेञ्ज तोकेको छ । सोहि मूल्यरेञ्जको आधारमा कम्पनीको पहिलो कारोबार खुला हुनेछ ।

गत चैत २६ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको उक्त कम्पनीले लकडाउनकै बीच सूचीकृत गर्ने योजना पुरा गरेको छ । कुल कित्तामध्ये संस्थापकतर्फको ८ करोड ४० लाख र सर्वसाधारणतर्फको १ करोड ६० लाख कित्ता रहेको छ । 

उक्त कम्पनीको शेयर जेठ ११ गतेनै संस्थापकसहित १० करोड कित्ता शेयर सीडीएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण गरिएको थियो । उक्त कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म रू. १ अर्ब ६० करोड बराबरको आईपीओ सर्वसाधारणलाई विक्री गरेको थियो । 

आईपीओ विक्रीपछि  रू. १० अर्ब चुक्तापूँजी कायम गरेको उक्त कम्पनीले आर्थिक वर्ष २०७७/ ८८ सम्ममा रू. १० अर्ब ५० करोड चुक्तापूँजी पुर्‍याउने प्रक्षेपण गरेको छ । 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)