ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१६ ओटा कम्पनीको ४ अर्ब ३० करोड बराबरको आईपीओ आउँदै

२०७७ असार, २  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

असार २, काठमाडौं । १६ ओटा कम्पनीको रू. ४ अर्ब ३० करोड बराबरको आईपीओ आउने भएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोनमा) निवेदन दिएसँगै उक्त संख्याका कम्पनीको आईपीओ आउन लागेको हो ।

१६ ओटा कम्पनीले ४ करोड ३० लाख २ हजार २६० कित्ता आईपीओ निष्कासन गर्नको लागि बोर्डमा निवेदन पनि दिइसकेका छन् । जसमध्ये ९ ओटा जलविद्युत् कम्पनी दुई ओटा लघुवित्त, एक ओटा बीमा कम्पनी, एक ओटा मर्चेण्ट बैंक र तिन  ओटा अन्य समूहका कम्पनी रहेका छन् ।

निवेदन दिएका १६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी मध्यभोटेकोशी जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएको छ । उक्त कम्पनीले १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।
  उक्त आइपीओ कम्पनीले स्थानिय बासिन्दा र सर्वसाधारण्को लागि निष्कासन गर्नेछ । 

९ ओटा जलविद्युत् कम्पनी मध्ये मध्यभोटेकोशी जलविद्युत् कम्पनी, हिमालयन हाइड्रोपावर, विन्ध्यबासिनी हाइड्रोपावर,तेह्रथुम पावर कम्पनी र माउण्टेन इनर्जी नेपालले स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नको लागि निवेदन दिएका हुन् भने बाँकी कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् ।

जलविद्युत् कम्पनीहरुले आईपीओ निष्कासन गर्नको लागि शुरुमा जलविद्युत् नियमन आयोगको स्वीकृती पाएपछि मात्र बोर्डमा निवेदन दिन पाउने कानूनी व्यवस्था छ ।

  • आईपीओ निष्कासन गर्नेमा अधिकांश जलविद्युत कम्पनीहरु
  • सबैभन्दा बढी मध्येभोटेकोशीको १ करोड ५ लाख कित्ता 

स्रोत : नेपाल धितोपत्र बोर्ड


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)