ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संविधान संशोधन विधेयकमाथि राष्ट्रिय सभामा दफावार छलफल शुरु

२०७७ असार, ४  
विविध
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

असार ४, काठमाडौं  । लिम्पियाधुरासहितको नक्सा  निसान छापमा राख्ने संविधान संशोधन विधेयक पारित गर्न राष्ट्रिय सभामा बिहीवार दफावार छलफल शुरु भएको छ । 

कानूनमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेपछि यतिबेला राष्ट्रिय सभामा विधेयकमाथि दफावार छलफल शुरु भएको हो । 

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर सरकारले नयाँ नक्सा सार्वजनिक गरेपछि नयाँ नक्साअनुसार, निशान छाप परिमार्जन गर्न संविधान संशोधन विधेयक ल्याइएको हो । गत शनिवार प्रतिनिधिसभाले नेपालको  संविधानको (दोस्रो संशोधन) विधेयक २०७७ सर्वसम्मतिले पारित गरेको थियो । 

संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि शनिवार संविधान संशोधनका लागि भएको मतदानमा संशोधन विधेयकको पक्षमा प्रतिनिधिसभामा उपस्थित सबै २५८ सांसदको मत खसेको थियो । 

कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा जारी भएपछि सरकारको निशान छापमा उक्त नक्सालाई समावेश गर्न संविधानको अनुसूची ३ संशोधन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा संसद्मा सबै राजनीतिक दलबीच अभूतपूर्व एकता देखिएको थियो । 

सत्तारूढ दलका अतिरिक्त प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपालगायत दल संशोधनको पक्षमा उभिँदा दुई तिहाइ बहुमतले संशोधन विधेयक पारित भएको थियो  । अब राष्ट्रिय सभाबाट पनि पारित भएपछि प्रमाणिकरण हुनेछ । त्यसपछि राष्ट्रपतिबाट अनुमोदन भएसँगै लागू हुनेछ ।


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)