ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चालू आवको हालसम्म २१ अर्ब ४५ करोडको ऋणपत्र विक्री

अझै ११ अर्ब ६० करोडको विक्री गर्ने तयारी 

२०७७ असार, ४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

असार ४, काठमाडौं । चालू आर्थिक वर्षमा धितोपत्र बजारमा रू.२१ अर्ब ४५ करोड बराबरको ऋणपत्र विक्री भएको छ । 

नेपाल धितोपत्र बोर्ड(सेबोन) ले गत साउनदेखि हालसम्म नौ ओटा वाणिज्य बैंक र दुई फाइनान्स कम्पनीलाई उक्त रकम बराबरको ऋणपत्र विक्रीका लागि अनुमति प्रदान गरेको हो । 
वाणिज्य बैंकहरुलाई नेपाल राष्ट्र बैंकले २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेको अवस्थामा दुई ओटा फाइनान्स कम्पनीले पनि आकर्षक व्याजदरको ऋणपत्र जारी गरेका हुन् । 

गुडवील फाइनान्स र आइसीएफसी फाइनान्सले वार्षिक १२ प्रतिशत व्याजदरको सात वर्षे अवधिको ऋणपत्र विक्री गरेका हुन् । गुडवील फाइनान्सले रू. २५ करोड बराबरको र

आइसीएफसी फाइनान्सले रू. २० करोड बराबरको ऋणपत्र विक्री गरेका हुन् । यी वाहेक सिद्धार्थ बैंक, लक्ष्मी बैंक, प्रभु बैंक, सनराइज बैंक, कुमारी बैंक, नेपाल एसबिआई बैैक, कृषि विकास बैंक, नबिल बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले ऋणपत्र विक्री गरिसकेका छन् । 

अझै पाँच ओटा कम्पनीको रू. ११ अर्ब ६० करोड बराबरको ऋणपत्र बजारमा भित्रिने तयारी छ । उक्त रकम बराबरको ऋणपत्र निष्कासनका लागि एभरेष्ट बैंक, सानिमा बैंक, एनसीसी बैंक, बैंक अफ काठमाण्डू र प्रभु बैंकले सेबोनमा निवेदन दिएका छन् । 

यसअघि पनि ऋणपत्र विक्री गरिसकेको प्रभु बैंकले फेरि पनि विक्री गर्ने तयारी गरेको छ । यस अघि १० वर्षे अवधिको १० दशमलव २५ प्रतिशतको रू. १ अर्ब बराबरको ऋणपत्र विक्री गरेको उक्त कम्पनीले फेरि पनि ८ वर्षे अवधिको १० प्रतिशत व्याजदरमा रू. २ अर्ब बराबरको ऋणपत्र विक्री गर्न सेबोनमा निवेदन दिएको हो । 

सेबोनको वेबसाइटमा उल्लेख भए अनुसार एभरेष्ट बैंक र सानिमा बैंकको ऋणपत्र स्वीकृतिको लागि अन्तिम चरणमा रहेको छ । एभरेष्ट बैंकले सात वर्षे अवधिको १० दशमलव २५ प्रतिशत व्याजदरमा रू. १ अर्ब बराबरको ऋणपत्र विक्री गर्न सेबोनमा गत पुस १४ गते  निवेदन दिएको हो ।

त्यस्तै सानिमा बैंकले १० वर्षे अवधिको १० दशमलव २५ प्रतिशत व्याजदरकै रू. ४ अर्ब बराबरको ऋणपत्र विक्री गर्ने तयारी गरेको हो । 

चालू आर्थिक वर्षभित्रै ऋणपत्र जारी गरिसक्ने उदेश्यले प्रक्रिया अघि बढाएका ती पाँच ओटा कम्पनीले हालसम्म स्वीकृति पाउन नसक्दा अबको बाँकी अवधिभित्र निष्कासन गर्न सक्ने सम्भावना कम देखिन्छ ।

धितोपत्रको प्राथमिक बजारमा विक्री भइसकेका ऋणपत्र धितोपत्र दोस्रो बजारमा सूचीकृत भए पनि कारोबार भने नियमित हुने गरेको छैन । यस क्षेत्रमा पनि आम सर्वसाधारणको ठूलो लगानी हुने हुदाँ यसको पनि कारोबार हुने वातावरण मिलाउन सके पूँजीबजारको विकास र विस्तारमा टेवा पुग्ने अपेक्षा सम्बद्ध निकायको छ । 

धितोपत्र बजारमा आगामी आर्थिक वर्ष ऋणपत्रको बजार विस्तार गर्ने तयारी छ । नेपाल सरकारको यस वर्षको बजेट बक्तव्यले समेत ऋणपत्रको बजार विस्तारलाई जोड दिएको छ । 
ऋणपत्र विक्रीको तयारीमा रहेका रहेका कम्पनीहरु  :

ऋणपत्र विक्री गरिसकेका कम्पनीहरु :

स्रोत : नेपाल धितोपत्र बोर्ड

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)