ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर बजार खुल्ने संकेत, बोर्डले सम्भवत : आजै निर्णय गर्ने 

२०७७ असार, ७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

असार ७, काठमाडौं । धितोपत्रको दोस्रो बजार खुल्ने संकेत देखिएको छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डले आइतवार नै बैठक बसेर बजार सुचारुको लागि आवश्यक निर्णय गर्ने जानकारी दिएको छ । 

बोर्डका प्रबक्ता निरज गिरिले शेयर बजार बन्द गर्ने पक्षमा बोर्ड नभएको भन्दै आवश्यक छलफल र थप तयारी  गर्नु परेकाले सुचारु गर्न निर्देशन नदिएको बताए । 

‘लगानीकर्ताको माग र बजारको आवश्यकतालाई ध्यानमा दिई बोर्डले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग केहि माग राखेको थियो’, उनले भने ।

‘ति माग पुरा भई बजार सुचारु गर्दा प्रभावकारी हुने आशामा थियौं, सम्बन्धित निकायबाट पनि हाम्रा मागहरु पुरा हुने संकेत पाएकाले अब बजार खोल्ने पक्षमा बोर्ड पुगेको’, उनले बताए । 
बोर्डले अर्थ मन्त्रायसँग लगानीकर्ताहरुले तिर्दै आएको पूँजीगत लाभकरलाई नै अन्तिम करको रूपमा घोषणा गर्न माग गरेको छ ।

त्यस्तै बोर्डले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा समेटिने गरि शेयर धितोमा प्रवाह गर्ने कर्जाको सीमा ६५ प्रतिशतदेखि बढाएर ७५ प्रतिशत कायम गर्न र १० प्रतिशतभन्दा बढी मूल्य घटेको अवस्थामा मात्रै मार्जिन कल गर्न सुझाव दिएको छ । 

कोरोना संक्रमणको विषम परिस्थितिमा ब्याज तिर्नुपर्ने समय आगामी असोज मसान्तसम्म बढाउन र अनलाईन कारोबारमा रहेको रू. १० लाखसम्मको सीमा हटाउनसमेत बोर्डले राष्ट्र बैंकलाई सुझाब पठाएको छ ।

आगामी साउनदेखि अनलाईन कारोबार प्रणालीलाई अनिवार्य बनाउन लागेको बोर्डले यसका लागि आवश्यक तयारी गर्न नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई निर्देशन दिएको छ । साथै बोर्डले नागरिक लगानी कोषलाई स्टक डिलरको रूपमा काम गर्नका लागि अनुमति लिने प्रक्रिया अघि बढाउनसमेत अनुरोध गरिसकेको छ । 

बोर्डको निर्देशन नभएकाले बजार सुचारु गर्न नसकेको भन्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बोर्डको निर्देशन आउनेवित्तिकै शेयर कारोबार शुरु हुने बताएका छन् ।

नेप्सेले सञ्चालनमा ल्याएको अनलाईन कारोबार प्रणालीमार्फत कारोबार गर्ने सम्पूर्ण तयारी पुरा भइसकेको उनले जानकारी दिए ।

अनलाईन कारोबारको राफसाफसमेत अनलाईन मार्फत गराउन लगानीकर्ताहरुको बैंक खाता इन्ट्रिग्रेशन गर्ने वाहेकका अन्य काम पुरा भइसकेको उनको भनाइ छ ।  

यो पनि हेर्नुस् :

शेयर बजार : बन्द गर्नुपर्छ, खोल्नुपर्छ !

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)