ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउन खुकुलो भएपछि २२ ओटा कम्पनीले असारभित्र साधारण सभा गर्दै

२०७७ असार, ८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

असार ८, काठमाडौं । २२  ओटा कम्पनीहरुको असार महीनामा साधारण सभा गर्ने तयारी गरेका छन् ।

 २  ओटा हाइड्रोपावर कम्पनी, ५  ओटा इन्स्योरेन्स कम्पनी, ५ ओटा विकास बैंक, ८  ओटा लघुवित्त वित्तीय संस्था, एउटा फाइनान्स कम्पनी र नागरिक लगानी कोषले साधारण सभा गर्न लागेका हुन् ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण नेपालमा लकडाउन भएकाले धैरै कम्पनीहरुले साधारण सभा स्थगित गरेका थिए । क्रमिक रुपमा लकडाउन खुकुलो हुन थालेपछि कम्पनीहरुले साधारण सभा आह्वान गरेका हुन् । 

कोरोना भाइरसका कारण लकडाउन कायमै रहेता पनि ती कम्पनीहरुले सामाजिक दुरी कायम गर्दै नेपाल सरकारबाट यस सम्बन्धमा निर्देशित बुँदाहरु अवलम्बन गर्दै सभा आयोजना गर्न लागिएको जानकारी दिएका छन् । 

असार महीनामा तीन ओटा कम्पनी नेपाल इन्स्योरेन्स, नयाँ नेपाल लघुवित्त र सारथि लघुवित्त वित्तीय संस्थाले साधारण सभा सम्पन्न गरिसकेका छन् ।  अझै छ  ओटा कम्पनीको साधारण सभा स्थगित रहेको छ । 

अपि पावर कम्पनी, सेञ्चुरी बैंक, स्वेडा लघुवित्त, महिला सहयात्रा लघुवित्त, जनउत्थान लघुवित्त र सप्तकोशी डेभलपमेण्ट बैंकको साधारण सभा स्थगित अवस्थामा रहेको छ । 
लाभांश प्रस्ताव गरेका कालिका लघुवित्त र गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा अmभैसम्म बोलाएका छैनन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)