ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शेयर बजार सुचारु गर्ने विषय अझै टुंगो लागेन   

धितोपत्र बोर्ड भन्छ : हामी खोल्ने पक्षमै छौं

२०७७ असार, १४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

असार १४, काठमाडौं । शेयर बजार सुचारु गर्ने विषयमा नियामक निकाय नेपाल धितोपत्र बोर्डले अझै टुङ्गो लगाउन सकेको छैन । 

गत सातानै बजार सुचारु गर्नका लागि बोर्डले आफ्नो नेतृत्वमा बजार सम्बद्ध सरोकारवालाहरु सहितको अध्ययन कमिटि गठन गरेको थियो । शुक्रवारसम्म प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था अनुसार गत बुधवारनै कमिटिका सदस्यहरुको सुझाव लिएर बोर्डले प्रतिवेदन तयार गरिसकेको बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले जानकारी दिए । 

उनले उक्त प्रतिवेदन आइतवार बोर्डको सञ्चालक समितिको बैठकमा पेश हुने र आइतवारनै निर्णय हुने बताए । 

लकडाउनको अवधिमा प्रणाली सुधार लगाएतका धेरै कामहरु भएकाले अहिले घरमै बसेर कारोबार गर्न सक्ने वातावरण तयार भएको भन्दै अध्यक्ष ढुङ्गानाले आफूहरु शेयर बजार खोल्नुपर्ने पक्षमा रहेको बताए । आफ्नो मात्र निर्णयले नहुने भन्दै उनले बोर्डको सञ्चालक समितिले निर्णय गर्नुपर्नेमा जोड दिए । 

बोर्डको सञ्चालक समिति पनि बजार सुचारु गराउने विषयमा सकारात्मकनै रहेकाले सम्भवत : यसै साता नभएपनि आगामी सातादेखि बजार सुचारु हुनेमा विश्वस्त रहन उनले आग्रह गरे । 

बोर्डले गठन गरेको अध्ययन कमिटिका सदस्यहरुले आ—आफ्नो तर्फबाट बजार सुचारु गराउनुपर्ने पक्षमा जोड दिदैं सुझाब दिएको बताएका छन् ।

अहिलेको अनलाईन कारोबार प्रणालीमा भएको कारोबारको विद्युतीय माध्यमबाट राफसाफका लागि लगानीकर्ताहरुले नै गर्नुपर्ने बैंक इन्ट्रिग्रेशनको काम बाहेकका अन्य सम्पूर्ण तयारी पुरा भइसकेकाले लगानीकर्ताले घरमै बसेर कारोबार गर्न सक्ने प्रतिक्रिया नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बार्डमा राखेका छन् । 

त्यस्तै स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले लामो समय बजार बन्द हुदाँ सबैभन्दा ठूलो मारमा ब्रोकर व्यवसायी परेको भन्दै यसलाई सुचारु गरि समयअनुसार समस्या समाधान गर्दै लैजानुपर्ने सुझाब दिएका छन् ।

शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्यालले सरोकारवाला सबै पक्षहरुले बजार खोल्नुपर्ने प्रतिक्रिया दिएको अवस्थामा बोर्ड त्यसको विक्षमा नजाने विश्वास व्यक्त गरे । 
अहिले लगानीकर्ता बजार सुचारु भए मार्जिनकलको समस्यामा पर्ने निश्चित छ ।

लकडाउनका विच आफुसँग भएको सम्पत्ति बन्धक बनेर बजारनै बन्द भएको अवस्थामा मार्जिनकलको सामना गर्ने क्षमता अधिकांश लगानीकर्तामा नरहेको अर्यालको उनको भनाइ छ । 

यो अवस्थामा नेपाल सरकार अर्थ मन्त्रालयले मार्जिन कल तत्काल गर्न नपाउने व्यवस्था परिपत्र वा निर्देशनबाट गरिदिएको खण्डमा बजार सुचारु गराउन मौद्रिक नीति कुर्नु नपर्ने उनको तर्क छ ।
 

नियामक निकायको पनि बजार सुचारु गराउनुपूर्व बजारलाई सकारात्मक गति दिने खालका आधारहरु तयार हुनुपर्ने धारणा रहेको उनले प्रष्ट पारे । बोर्डले गठन गरेको अध्ययन कमिटिमा लगानीकर्ता संघहरुको तर्फबाट उनले प्रतिनिधित्व गरेका छन् ।

बोर्डको  कार्यालयमा भएको छलफलमा लगानीकर्ताहरुको पाँच ओटै संगठनहरुले बजार सुचारु गराउन सहमति गरेका थिए । यस अघि बजार सुधार र विकासका लागि आवश्यक काम नगरी बजार खुला गरे आन्दोलन गर्ने घोषणा गरेका लगानीकर्ताहरुले शुक्रवार भने सहमति गरेका हुन् ।

छलफलका क्रममा आगामी दिनमा कुनै पनि बहानामा बजार बन्द नहुने गरि सुचारु गर्नुपर्नेमा लगानीकर्ताहरुले जोड दिएका थिए । 

छलफलबाट नेप्सेको अनलाईन कारोबार प्रणालीमा केहि सुधार भएको अवस्थामा युजरनेम र पासवर्ड प्राप्त गर्ने, तत्कालका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड कनेक्ट आईपीएस सेवा वा उपयुक्त विद्युतीय माध्यम प्रयोग गर्ने, सीडीएससीले तोकेका क्लियरिङ बैंकहरुको इन्टरनेट बैंकिङ सेवा तथा सीडीएससीको मेरोशेयर सुविधा प्राप्त गरेपश्चात विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्न र प्राप्त गर्न समस्या नहुने गरि बजार सुचारु गराउने निष्कर्ष बोर्ड र लगानीकर्ता संघले निकालेका हुन् । 

उनीहरुले कोरोना संक्रमणको घडीमा अनलाईन कारोबार प्रणालीमार्फत घरबाटै कारोबार गर्नका लागि लगानीकर्ताको तर्फबाट पुरा गर्नुपर्ने कामका लागि संघहरुले पहल गर्ने प्रतिवद्धतासमेत बोर्डसमक्ष राखेका छन् ।  
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)