ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१९ ओटा लघुवित्त कम्पनीले शुरु गरे संयुक्त कारोबार

२०७७ असार, २८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
प्रतिकात्मक तस्वीर
author avatar लक्ष्मी शर्मा

असार २८,काठमाडौं । १९ ओटा लघुवित्त कम्पनीले संयुक्त कारोबार शुरु गरेका छन् ।

नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनलाई प्रथामिकता दिएसँगै कम्पनीहरुले एक आपसमा मर्ज तथा एक्विजिशन गरी संयुक्त कारोबार शुरु गरेका हुन् । चालू आवको मौद्रिक नीतिमा मर्जरमा जाने लघुवित्तलाई सहुलियत दिने घोषणा गरेसँगै कम्पनीहरुमा मर्जर तथा एक्विजिशनमा गएका हुन् ।  

१९ ओटा कम्पनी  एकापसमा गाभ्ने, गाभिने, मर्जर तथा एक्जिवशिन गरी नौ ओटा वित्तीय संस्था भएका छन् । 

१९ ओटा कम्पनी मध्ये एनआरएन लघुवित्तले असार २९ गतेदेखि एकीकृत कारोबार शुरु गर्न लागेको छ भने बाँकी कम्पनीले एकीकृत कारोबार शुरु गरिसकेका छन् । लघुवित्त वित्तीय संस्थाको संख्या धेरै भएपछि केन्द्रीय बैंकले नयाँ इजाजत रोकेर लघुवित्तहरुलाई मर्जरमा जान प्रेरित गरेको छ ।

हालसम्म नेपालमा ९० वटा लघुवित्त वित्तीय संस्था सञ्चालनमा रहेका छन् । जसमध्ये  आरएमडिसी लघुवित्त, साना किसान लघुवित्त,फष्र्ट माइक्रोफाइनान्स र आरएसडिसी लघुवित्त सहित ४ ओटा थोक कर्जा प्रदायक लघुवित्त हुन् भने बाकी ८६ ओटाले खुद्रा कर्जा प्रवाह गर्दै आएका छन् । 
 

कुन– कुन लघुवित्तले शुरु गरे त एकीकृत कारोबार, तालिका सहित :

संयुक्त कारोबार गर्ने तयारीमा रहेका २१ ओटा लघुवित्त कम्पनीहरु : 

 २१ ओटा लघुवित्त वित्तीय संस्थाहरु संयुक्त कारोबार गर्ने तयारीमा रहेका छन् । जसमध्ये मिर्मिरे लघुवित्त वित्तीय संस्थाले र नागबेली लघुवित्तलाई गाभ्ने सम्झौता गरेको छ भने आँधीखोला लघुवित्तले र धौलागिरी लघुवित्तसँग मर्जर गर्ने सम्झौता गरेको छ ।

 त्यसैगरी स्वरोजगार लघुवित्तले जनकपुर लघुवित्तलाई गाभ्ने, समिट लघुवित्त र सजिलो लघुवित्त,नयाँ नेपाल लघुवित्त र सारथि लघुवित्त,नेपाल एग्रो लघुवित्त र नेष्डा समृद्धि लघुवित्त,महुली लघुवित्त र नविकरण लघुवित्त,स्मार्ट लघुवित्त र मनकामना लघुवित्त, जीवन विकास लघुवित्त तथा गरिबी न्यूनीकरण लघुवित्त र सल्भ लघुवित्तले एक आपसमा गाभ्ने गाभिने सम्झौता गरेका छन् । त्यसैगरी युनिक लघुवित्तले बुद्ध ज्योति लघुवित्तलाई गाभ्ने सम्झौता गरेका छन् । 
 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)