ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतका व्यवसायी चरणबद्ध आन्दोलनमा

२०७७ असार, २९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल

वीरेन्द्रनगर । लकडाउनका कारण व्यवसायीहरूलाई परेको समस्याबारे राज्यका निकायको ध्यानाकर्षण गराउन सुर्खेत उद्योग वाणिज्य संघले चरणवद्ध आन्दोलनमा उत्रिएका छन् । संघले उद्योग उपाध्यक्ष गणेशकुमार बस्नेतको संयोजकत्वमा संयुक्त संघर्ष समिति गठन गरेर विभिन्न चरणको आन्दोलनका कार्यक्रम तय गरेको हो ।

व्यापार व्यवसाय ठप्प भएको बेला बैंकहरूले किस्ता तिर्न फोन गरिरहँदा तनाव झेल्नु परेको व्यवसायीहरूले गुनासो गरेका छन् । सरकारले निजी क्षेत्रलाई राहतको प्याकेज दिनुपर्नेमा उल्टै निचोरेको आरोप व्यवसायीहरूको छ । संघर्ष समितिले व्यवसायीहरूका समस्याहरूलाई राखेर आइतवार दिउँसो विरोध र्‍यालीसहित राष्ट्र बैंकको कार्यालयमा पुगेर मागपत्र बुझाएको छ । संघका महासचिव एवं अटोमोबाइल व्यवसायी लक्ष्मण कँडेलले सरकारले लकडाउन केही खुल्ला बनाएदेखि बैंकबाट लिएको ऋणको किस्ता तिर्न बारम्बार फोन आइरहेको बताए । ‘दैनिक २० देखि ३० पटकसम्म बैंकबाट फोन आइरहेको छ’, उनले भने, ‘लकडाउनका कारण व्यवसाय ठप्प छ, बैंकले किस्ता तिर्न फोन गरेको गर्‍यै छन्, यस्तो बेला कसरी तिर्ने ?’

यस्तै, संघका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले अरु बेला बैंकलाई समयमा किस्ता तिरिरहे पनि लकडाउनमा व्यवसाय व्यापार ठप्प हुँदा कसरी तिर्ने भन्ने चिन्ता लागेको बताए । उनले व्यवसायीहरूलाई किस्ता तिर्ने कम्तीमा ५–६ महीनाको समय दिनुपर्ने माग गरे ।

कोरोना महामारीबाट आक्रान्त भएर व्यापार व्यवसाय नै ठप्प भएको बेला न्यूनतम मानवीयताको समेत ख्याल नगरी बैंकले ब्याज र किस्ता बुझाउन बारम्बार दबाब दिँदा व्यवसायीहरू दुःखी भएको उनले बताए । निजी क्षेत्रको मागहरूलाई सम्बोधन गर्न व्यवसायीहरूले सरकारसँग आग्रह गरेका छन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)