ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

करीब तीन दर्जन बैंक तथा वित्तीय संस्थाले गरे मर्जर तथा एक्विजिशन* 

२०७७ सावन, ३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

साउन ३, काठमाडौं । लघुवित्त कम्पनी बाहेक करीब तीन दर्जन बैंक तथा वित्तीय संस्थाले मर्जर तथा एक्विजिशन गरेका छन् । 

एक वर्षको अवधिमामा तीन दर्जन बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिशन गरेका हुन् । बाणिज्य बैंकमा ग्लोबल आइएमई बैंक र जनता बैंक एक आपसमा गाभिएर ग्लोबल आइएमई बैंकको नामबाट २०७६ मंसिर २० गतेबाट कारोबार शुरु भइसकेको छ ।

त्यसैगरी प्राइम कमर्शिलय बैंकले कैलाश विकास बैंकलाई गाभेर गत फागुन २९ गते बाट एकीकृत कारोबार शुरु गरेको हो ।

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकलाई एक्विजिशन गरेर शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको नामबाट गत असोज २७ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो भने तिनाउ मिसन डेभलपमेण्ट बैंकले नेपाल कम्युनिटी डेभलपमेण्ट बैंकलाई प्राप्ति गरी गत मंसिर २२ गतेदेखि संयुक्त कारोबार शुरु गरिसकेको छ ।

त्यसैगरी प्राइम कर्मशियल बैंकले कन्काई विकास बैंकलाई गाभेर  गत फागुन २९ गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो भने, एनएमबि बैंक र ओम डेभलपमेण्ट बैंक एकआपसमा गाभिई गत असोज ११ गतेदेखि, ग्लबोल आइएमई बैंकले हाथवे फाइनान्सलाई प्राप्ति गरेर गत भदौ १८ गते, नेपाल इन्भेष्टमेण्ट बैंकले जेबिल्स फाइनान्सलाई प्राप्ति गरेर  गत असार ३०, सप्तकोशी डेभलपमेण्ट बैंक र काबेली विकास बैंक एक आपसमा मर्जर गरेर सप्तकोशी डेभलपमेण्ट बैंकको नामबाट गत असार २२ गतेदेखि  संयुक्त कारोबार शुरु गरिसकेका छन् ।

त्यस्तै  देबः विकास बैंकले वेष्र्टन डेभलपमेण्ट बैंकलाई प्राप्ति गरेपछि देवः विकास बैंकको नामबाट गत असार ३० गतेबाट एकीकृत कारोबार शुरु गरेको थियो । पछि देव : विकास बैंकलाई कुमारी बैंकले प्राप्ति गरी २०७७ असार २८ गतेबाट कुमारी बैंकको नामबाट एकीकृत कारोबार शुरु भएको हो । 

मेगा बैंकले गण्डकी विकास बैंकलाई प्राप्ति गरी मेगा बैंक नेपालको नामबाट २०७७ असार २१ गतेबाट एकीकृत कारोबार शुरु गरेको थियो भने सिटीजन्स बैंक इन्टरनेशनलले सहयोगि विकास बैंकलाई प्राप्ति गरी २०७७ असार गतेदेखि एकीकृत कारोबार शुरु गरेको हो ।
 

त्यसै प्राइम बैंकले ललितपुर फाइनान्सलाई गाभ्ने,समृद्धि फाइनान्सले क्रिस्टल फाइनान्सलाई, सिटी एक्सप्रेस फाइनान्सलाई नेपाल इन्भेष्टमेण्ट बैंकले, सनराइज बैंकले सृजना फाइनान्सलाई  र एनएमबि बैंकले कञ्चन डेभलपमेण्ट बैंकलाई गाभ्ने सम्झौता गरेका छन् । हालसम्मा यी बैंक तथा वित्तीय संस्थाले भने संयुक्त कारोबार शुरु गरेका छैनन् । 

मर्जर तथा एक्विजिशनपछि नेप्सेमा २६ ओटा वाणिज्य बैंक, १७ ओटा विकास बैंक र १४  ओटा फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ  । 

*करीब तीन दर्जन  बैंक तथा वित्तीय संस्थाले गरे मर्जर तथा एक्विजिशन हुनु पर्नेमा सच्चाइएको छ –सं

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)