ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आइतवार नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नेपाल धितोपत्र बोर्ड

२०७७ सावन, ४  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७७/७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । बोर्डले वेबिनार तथा बोर्डको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो । बोर्डले शुक्रवार सूचना जारी गर्दै साउन ४ गते दिउँसो ३ बजे नीति तथा कार्यक्रम सार्वजनिक गरिने जानकारी दिएको हो । यसअघि असार १४ गते धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमका विषयमा विज्ञहरूसँग सुझाव लिएको थियो । विज्ञहरूले नयाँ कार्यक्रम ल्याउन तथा पुरानो कार्यक्रम नदोहोर्‍याउन सुझाव दिएका छन् ।

आगामी नीति तथा कार्यक्रमका लागि बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीले आफ्नो क्षमता अभिवृद्धि गर्दै स्वायत्तता हासिल गर्नुपर्ने, वस्तु विनिमय बजार शीघ्र सञ्चालन गराउन पहल गर्नुपर्ने तथा विशिष्टीकृत लगानीकोषको शीघ्र स्वीकृति दिनुपर्ने सुझाव दिएका छन् । अन्तरराष्ट्रिय स्तरको प्रविधि पूँजीबजारमा प्रयोग गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् । साथै प्रतिस्पर्धाका लागि अर्को स्टक एक्सचेञ्ज ल्याउनुपर्ने तथा वाणिज्य बैंकको सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्ने धारणा उनले राखेका थिए ।  

बोर्डका पूर्वअध्यक्ष प्राडा. सुरवीर पौड्यालले बजारमा संस्थागत सुशासन अभिवृद्धि, बोर्डको संरचना परिवर्तनका साथै बोर्डका लागि छुट्टै ऐन बनाउने विषय सकारात्मक रहेको बताएका थिए । बोेर्डका अर्का पूर्वअध्यक्ष बाबुराम श्रेष्ठले बोर्डका प्रयासहरूलाई सकारात्मक रूपमा लिँदै कोरोनाले पूँजीबजारमा पारेको असरप्रति गम्भीर हुनुपर्ने सुझाव दिएका छन् । साथै उनले अनलाइन कारोबार प्रणाली प्रभावकारी र विश्वसनीय हुनुपर्ने, प्राविधिक जानकारी समेत दिनेगरी वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने लगायत सुझाव दिएका छन् ।

बोर्डले नीति तथा कार्यक्रमका लागि पूर्वअध्यक्षहरूसँग छलफल गरी आवश्यक सुझाव लिएको हो । आर्थिक वर्ष २०७४/७५ देखि बोर्डले विभिन्न सरोकारवाला निकायसँग सुझाव तथा प्रतिक्रिया संकलन गरी त्यसकै आधारमा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आएको छ ।

गतवर्ष असार ३० गते नीति तथा कार्यक्रम सार्वजनिक गरेको बोर्डले यस वर्ष भने त्यसभित्रका धेरै कार्यक्रम कार्यान्वयन गर्न सकेको देखिएन । बोर्डले गत आवको कार्यक्रममा दुईओटा मात्र वस्तु विनिमय बजार सञ्चालनका लागि नीतिगत व्यवस्था अनुसार वस्तु विनिमय बजार सञ्चालनमा ल्याउने, नेप्सेको संस्थागत सुधारका साथै निजीक्षेत्रमा अर्को स्टक एक्सचेञ्ज स्थापना गर्न दिने नीतिगत व्यवस्था भए अनुसार सो कार्य अघि बढाउने, बुक बिल्डिङ प्रणालीलाई प्रयोगात्मक रूपमा कार्यान्वयनमा ल्याउने, हकप्रद शेयरमा हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गर्ने, ऋणपत्रको दोस्रो बजारलाई स्वचालित रूपमा सञ्चालन गर्ने लगायत महत्वपूर्ण कार्यक्रम समेटेको थियो । तर, ती कार्यक्रमबारे अहिलेसम्म अन्योल छ । सम्भवतः आइतवारको नीति तथा कार्यक्रमले पनि सोही बुँदाहरूलाई समेट्ने सम्भावना देखिन्छ । यद्यपि बोर्डले भने सम्पूर्ण सरोकारवालाको सुझावका आधारमा पूँजीबजारलाई समसामयिक बनाउने खालका नयाँ कार्यक्रम समेटिएको बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)