ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नवउद्यमीलाई अवसर प्रदान गर्दै भी–ग्रुप

२०७७ सावन, ९  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । चितवनका सबै नवउद्यमीलाई अवसर प्रदान गर्न तथा चलिरहेका व्यावसायिक प्रतिष्ठानहरूको प्रर्वद्धन गर्ने उद्देश्यले चितवनमा गैरनाफामुखी भी–ग्रुप (भर्चुअल) नेपालको शुभारम्भ गरिएको छ ।

भी–ग्रुप नेपालका परिकल्पनाकार विपिन कँडेल र भरतपुर महानगर युवा सञ्जालका सन्देश वाग्लेको समन्वयमा उक्त अभ्यासको शुरू गरिएको हो । यसको परिकल्पना करीब ९ वर्षअघि गरिए पनि ६ महीना अघिबाट व्यवहारिक रूपमा अभ्यास थालिएको उनीहरुको भनाइ छ ।

‘यस ग्रुपको उद्देश्य नवउद्यमीलाई अवसर दिने र चालू व्यवसायहरूलाई प्रर्वद्धन गर्ने हो’, भी–ग्रुपका संयोजक कँडेलले भने । भी–ग्रुपले जिल्लाभरका नवउद्यमी, विभिन्न क्षेत्रका विज्ञ, बैंकर्स, व्यवसायी तथा पेशागत रूपमा चिकित्सक, इञ्जिनीयर र योजनाकर्ता लगायतलाई समावेश गरेको छ ।

भी–ग्रुपले यसअघि सामाजिक सञ्जालबाट ग्रुप बनाएर भर्चुअल अन्तत्र्रिmया, अनुभव तथा ज्ञान आदानप्रदान गरे पनि पछिल्लो समय मासिक दुई पटक प्रत्यक्ष भेटघाट, अन्तर्क्रिया, अभिमुखीकरण कार्यक्रमलाई समेत निरन्तरता दिदै आएको छ । ‘१५ दिनमा १ पटक हामीले उहाँहरूलाई अन्तत्र्रिmया, अनुभव शेयरिङ गर्न मिटिङ राख्ने गरेका छौं’, कँडेलले भने, ‘यसबाट एकअर्काको विजनेश प्रमोशन गर्न पनि थप टेवा पुग्छ ।’

उनका अनुसार चितवनमा विभिन्न व्यवसायी, उद्यमी तथा विज्ञहरूलाई एकै ठाउँमा एकीकृत गरी नवउद्यमीलाई थप ऊर्जा मिल्ने र अन्य व्यवसायीहरूको उत्पादनलाई बजारीकरण गर्न मद्दत पुग्ने छ ।

युवाउद्यमीलाई स्वरोजगार प्रदान गर्न र आप्नो सम्बन्धित क्षेत्रको अनुभवद्वारा लगानी तथा रोजगारीको सृजना गर्न भरतपुर महानगरपालिका अन्तर्गतको भरतपुर महानगर युवा सञ्जालले पनि सहयोग गर्दै आएको छ ।

‘हाम्रो उद्देश्य पहिलो चरणमा महानगरका २९ ओटै वडामा रहेका युवाहरूलाई अवसर प्रदान गर्नु र राज्यबाट प्राप्त हुने अन्य अवसरलाई समेत सदुपयोग गर्नु हो’, सञ्जालका संयोजक सन्देश वाग्लेले भने । उद्यमबाट आफ्नो भविष्य निर्माण गर्न त्यस्ता उद्यमीको समयलाई उत्पादनशील कार्यमा लगाउनुका साथै अनुदानमा समान अवसर दिनु सञ्जालको उद्देश्य रहेको उनको भनाइ छ ।

शुरूआती क्षणमा केही युवाहरू मात्र समावेश भए पनि पछिल्लोपटक भिजन नेपालको भिजनबाट सयौं उद्यमी तथा नवउद्यमीहरूको आकर्षण बढ्दै गएको छ । हाल यो ग्रुपबाट लगभग ४०० जनाले लाभ उठाइरहेको भी–ग्रुपका संयोजक कँडेलको भनाइ छ ।

आगामी दिनमा जिल्लाभरका सबैक्षेत्रका उद्यमीहरूलाई समेटेर, तालीम, अभिमुखीकरण दिनुका साथै निकट भविष्यमा सामुहिकरूपमा लगानी गर्ने वातावरणको सृजना गरी थप उद्यमशील कार्यमा लगानी गर्दै लैजाने उद्देश्य रहेको कँडेलले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)