ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

 नेप्सेमा सूचीकृत १५ ओटा जलविद्युत् कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम

२०७७ सावन, १७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

साउन १७, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत  भएका ३३ ओटा जलविद्युत् कम्पनीमध्ये १५ ओटा जलविद्युत कम्पनीको शेयरमूल्य अंकित मूल्यभन्दा कम रहेको छ । 

पछिल्लो समयमा लगानीकर्ताहरुको रोजाइमा नपरेकाले पनि जलविद्युत् कम्पनीको शेयरमा मूल्यमा कमि आएको हो । १५ ओटा कम्पनीमध्ये सबैभन्दा कम शेयरमूल्य खानी खोला हाइड्रोपावर कम्पनीको रहेको छ । 

गत हप्ता धेरै जसो जलविद्युत् कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सबैभन्दा बढी बिहीवार खानीखोला हाइड्रोपावर कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता रू. ५५ मा पुगेको छ ।

यसरी हेर्दा लगानीकर्ताहरुले कम मूल्य भएका कम्पनीको शेयर मूल्य बढेको बजारमा अल्पकालिन रुपमा लगानी गरी निश्चित प्रतिफल पाएपछि विक्री गर्ने गरेको पाइन्छ । 

नेप्सेमा सूचीकृत ३१ओटा जलविद्युत् कम्पनीमध्ये १५ ओटा कम्पनी बाहेक बाँकी कम्पनीको शेयर मूल्य रू. १०० भन्दा बढी रहेको छ । सबैभन्दा बढी शेयर मूल्य भएको जलविद्युत् कम्पनी चिलिमे हाइड्रोपावर कम्पनीको रहेको छ । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३९५ रहेको छ ।

पछिल्लो समयमा प्राथमिक बजारमा पनि जलविद्युत् कम्पनीको शेयर विक्री हुन छाडेको छ । माउण्टेन इनर्जी कम्पनीले निष्कासन गरेको आईपीओमा आवेदन दिने लगानीकर्ता नभएपछि बारम्बार स्थगित हुँदै आएको छ भने लिवर्टी इनर्जी कम्पनीको आईपीओमा लगानीकर्ताको आर्कषणनै कम देखिन्छ । 

नियामक निकायको अभाव र हाइड्रोपावर कम्पनीको भित्रको आर्थिक सुशासन राम्रो नहुँदा यो क्षेत्रमा लगानीकर्ताहरुको आर्कषण कम भएको देखिन्छ  । 

अंकित मूल्यभन्दा कम शेयर मूल्य भएका कम्पनीहरु (बिहीवारको शेयर मूल्य)  ः

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)