ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नयाँ १३ ओटा इन्स्योरेन्स कम्पनीको नाफामा २६.६९% वृद्धि

गत आवको चौथो त्रैमाससम्ममा १३ कम्पनीको कुल १८ अर्ब ६९ करोड भन्दा बढी बीमाशुल्क आर्जन

२०७७ भदौ, ३  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

भदौं ३, काठमाडौं । गत आवको चौथो त्रैमासमा नयाँ १३ ओटा इन्स्योरेन्स कम्पनीको नाफा औषतमा २६ दशमलव ६९ प्रतिशत वृद्धि भएको छ । सो अवधिमा १० ओटा जीवन बीमा र ३ ओटा निर्जीवन बीमा कम्पनीले कुल रू. १ अर्ब ३० करोड नाफा कमाएका हुन् । 

अघिल्लो आवको चौथो त्रैमासमा १३ ओटा कम्पनीले कुल रू. १ अर्ब २ करोड नाफा कमाएका थिए । गत आवको चौथो त्रैमासमा सबैभन्दा बढी नाफा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कमाएको छ । कम्पनीले सो अवधिमा रू. २१ करोड ४३ लाख नाफा कमाएको हो । 

प्रतिशतको आधारमा गत आवको चौथो त्रैमासमा सबैभन्दा बढी महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा ८१६ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीले रू. ८७ लाख ३४ हजार नाफा कमाएकोमा गत आवको सोही अवधिमा रू. ८ करोड नाफा कमाएको हो । 

नाफा बढेसँगै यस कम्पनीको बीमाशुल्कमा पनि वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमासमा रू. २५ करोड १३ लाख बीमाशुल्क आर्जन भएकोमा गत आवको सोही अवधिमा वृद्धि भएर रू. ८६ करोड ८३ लाख बीमाशुल्क आर्जन गर्न सफल भएको हो । 

गत आवको चौथो त्रैमाससम्ममा १३ ओटा कम्पनीले रू. १८ अर्ब ६९ करोड बीमाशुल्क आर्जन गरेका छन् । अघिल्लो आवको सोही अवधिको तुलनामा बीमाशुल्क ६५ प्रतिशत वृद्धि भएको हो । गत आवको चौथो त्रैमासमा १३ ओटा कम्पनीले रू. ११ अर्ब ३३ करोड बीमाशुल्क आर्जन गरका थिए ।

१३ ओटा कम्पनीमध्ये अजोड इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गरिसकेको छ भने रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ४ गतेदेखि ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । 

जनरल इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । आईपीओ निष्कासन गर्नको लागि जनरल इन्स्योरेन्सले असार ५ गते र सानिमा जनरल इन्स्योरेन्सले असार १४ गते बोर्डमा निवेदन दिएका हुन् । दुवै कम्पनीले ३०/३० लाख कित्ता आईपीओ निष्कासन गर्नेछन् । 

आईपीओ निष्कासन आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ, प्रभु लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्सले रेटिङ गराएका छन् । यी कम्पनीले निष्कासन गर्ने आईपीओले ग्रेड ४ रेटिङ पाएका छन् । ग्रेड ४ रेटिङले कम्पनीको आधारभूत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । 


                                                                                         स्रोत : कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरण

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)