ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोरोना महामारीको असर : १७ ओटा विकास बैंकको कुल नाफा २२.०१% घट्यो

२०७७ भदौ, ७  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

भदौ ७, काठमाडौं । गत आवको चौथो त्रैमासमा १७ ओटा विकास बैंकको कुल नाफा २२ दशमलव शून्य १ प्रतिशत घटेको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी रुपमा लागू गरेको लकडाउन कारण चौथो त्रैमासमा बैंकहरुको नाफा घटेको हो । 

बन्दाबन्दीको कारणले सबै शाखाहरुको किस्ता असुलीमा प्रत्यक्ष प्रभाव परेको र चौथो त्रैमासको अन्त्यतिर लकडाउन केही खुकुलो भएपनि प्रदेश सरकार स्थानीय निकायबाट लकडाउन कायमै रहेकाले बैंकको वित्तीय कारोबारमा असर परेको छ । 

नेपाल राष्ट्र बैंकले कोरोना भाइरसले उद्योग तथा व्यवसायीहरुमा परेको प्रभाव न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई वैशाखदेखि असारसम्मको ब्याजदरमा २ प्रतिशत छूट प्रदान गर्ने निर्देशन दिएकाले बैंकहरुको ब्याज आम्दानीमा प्रत्यक्ष असर परेको छ । सोही कारण गत आवको चौथो त्रैमासमा विकास बैंकहरुको नाफा घटेको देखिन्छ । 

गत आवको चौथो त्रैमासमा सबैभन्दा बढी नाफा कामना सेवा विकास बैंकको घटेको छ । सो अवधिमा उक्त कम्पनीको  ८० दशमलव ७३ प्रतिशत घटेको छ । अघिल्लो आवको चौथो त्रैमासमा रू. २८ करोड ४५ लाख नाफा कमाएको उक्त कम्पनीको नाफा गत आवको सोही अवधिमा रू. ५ करोड ४८ लाखमा सीमित भएको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो आवको चौथो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी रू. ११ दशमलव २० रहेकोमा गत आवको सोही अवधिमा रू. २ दशमलव १६ मा झरेको हो । 

गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका १७ ओटा कम्पनीहरुमध्ये ११ ओटा कम्पनीको नाफा घटेको छ भने ६ ओटा कम्पनीको नाफा भने बढेको छ । नाफा बढेका ६ ओटा कम्पनीमध्ये सबैभन्दा बढी तिनाउ मिसन डेभलपमेण्ट बैंकको नाफा ३८२ प्रतिशत वृद्धि भएको छ । 

अघिल्लो आवको चौथो त्रैमासमा रू. ४ करोड ७ लाख नाफा कमाएको उक्त कम्पनीले  गत आवको सोही अवधिमा वृद्धि भएर रू. १९ करोड ६८ लाख पुर्‍याएको छ ।

नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो आवको चौथो त्रैमासमा उक्त कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव १६ रहेकोमा वृद्धि भएर रू. १० दशमलव ८५ पुगेको छ । 

                                                           स्रोत : बैंकहरुले प्रकाशित  गरेको चौथो त्रैमासिक वित्तीय विवरणमा आधारित

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)