ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

११ ओटा नयाँ इन्स्योरेन्स कम्पनीको ६ करोड २५ लाख कित्ता आईपीओ आउने तयारीमा

२०७७ भदौ, ८  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar लक्ष्मी शर्मा

भदौ ८, काठमाडौं । ११ ओटा नयाँ इन्स्योरेन्स कम्पनीले ६ करोड २५ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेका छन् ।

नौ ओटा जीवन बीमा र दुई ओटा निर्जीवन बीमा कम्पनीले उक्त आईपीओ निष्कासन गर्ने तयारीमा रहेका हुन् । ११ ओटा कम्पनीमध्ये जनरल इन्स्योरेन्स कम्पनी र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नको लाग नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन) मा निवेदन दिएका छन् । 

जनरल इन्स्योरेन्स कम्पनीले ३० लाख कित्ता आईपीओ निष्कासन गर्नको लागि सेबोनमा गत असार ५ गते निवेदन दिएको हो । विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी सानिमा जनरल इन्स्योरेन्स कम्पनीले आइपीओ निष्कासन गर्नको लागि असार १४ निवेदन दिएको थियो । कम्पनीले ३० लाख कित्ता आइपीओ निष्कासन गर्नको लागि सेबोनमा निवेदन दिएको हो । विक्री प्रबन्धकमा एनआईसि एशिया क्यापिटल लिमिटेड रहेको छ ।

 १३ ओटा नयाँ इन्स्योरेन्स कम्पनीमध्ये अजोड इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन् । अजोड इन्स्योरेन्स कम्पनीको आईपीओ निष्कासन गरेर दोस्रो बजारमा कारोबार शुरु भइसकेको छ भने रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ४ गतेदेखि ८ गतेसम्म आईपीओ निष्कासन गरेको हो । 

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. २ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्तापूँजी रू. १ अर्ब पुर्‍याउनुपर्ने भएकाले ती कम्पनीहरुले पूँजी वृद्धिका लागि आईपीओ निष्कासन गर्न लागेका हुन् । 

११ ओटा कम्पनीमध्ये सबैभन्दा बढी सिटीजन्स लाइफ इन्स्योरेन्स कम्पनीले रू. ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।

हालसम्ममा आईपीओ निष्कासन गर्नको लागि चार ओटा कम्पनीले रेटिङ गराएका छन् । आइएमई लाइफ इन्स्यारेन्स, युनियन लाइफ, प्रभु लाइफ र सन नेपाल लाइफले रेटिङ गराएका हुन् । यी छ ओटा कम्पनीले निष्कासन गर्ने आईपीओले ग्रेड ४ रेटिङ पाएका छन् । ग्रेड ४ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतभन्दा तल रहेको देखाउँछ । 

 ११ ओटा नयाँ इन्स्योरेन्स कम्पनीको नामावली तालिकामा :


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [3]
User Image

Birendra Prasad patel

[Aug 25, 2020 08:15am]

Naya lai pani share ko barema jann bujhne mauka di kamtima 10 kita parnu parchh.ex


User Image

Mani

[Aug 25, 2020 12:53am]

Rating ko prakriya change bhaisakyo. Grade 1-5 rahena aba. Jyoti life ko Pani rating bhaisakyo Ra rating BBB cha. Hernu hola


User Image

गणेश प्रसाद साह

[Aug 24, 2020 05:07pm]

ठिक छ हामी ले आईपिओ मा लागनी गरछौ



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)