ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

साउन महीनामा वाणिज्य बैंकको शेयर कारोबार उच्च, कुल कारोबारमा ३७.७३% हिस्सा 

२०७७ भदौ, १६  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रजिता बुढाथोकी

भदौ १६, काठमाडौं । पछिल्लो समय सबैको आकर्षणको क्षेत्र बनेको शेयर बजारमा वाणिज्य बैंकको शेयरप्रति लगानीकर्ताको आकर्षण बढीमात्रामा देखिएको छ । 

साउन मसान्तसम्मको कारोबार विवरणलाई हेर्दा सबैभन्दा बढी शेयर कारोबार वाणिज्य बैंक समूहका कम्पनीहरुको भएको छ । साउनमा २६ वाणिज्य बैंकको कुल रू. २९ अर्ब १ करोड २० लाखको शेयर कारोबार भएको छ । 

कुल कारोबारमा ३५ दशमलव ७३ प्रतिशत हिस्सा वाणिज्य बैंक समूहले ओगटेको हो । साउन महीनामा वाणिज्य बैंक समूहको रू. १० अर्ब ३६ करोड ६० लाख ८१ हजार बराबरको ३ करोड ९ लाख ९९ हजार ३२४ कित्ता शेयर कारोबार भएको छ । 

दोस्रो बजारमा सूचीकृत शेयरमा पनि सबैभन्दा बढी हिस्सा वाणिज्य बैंककै रहेको छ । २७ ओटा वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंक भने दोस्रो बजारमा सूचीकृत भएको छैन । २६ ओटा वाणिज्य बैंकको २ अर्ब ७० करोड ४७ लाख ७६ हजार ४४३ कित्ता शेयर दोस्रो बजारमा सूचीकृत रहेको छ । 

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका बीच पनि निरन्तर व्यवसाय सञ्चालन गरेका वाणिज्य बैंकको गत वर्षको चौथो त्रैमासको वित्तीय विवरण लगानीकर्ताले गरेको अपेक्षाभन्दा राम्रो भएकाले पनि यो समुहको शेयरप्रति आकर्षण बढेको देखिन्छ । साथै विगतका दिनहरुमा राम्रो लाभांश दिएका बैंकहरुको बजार मूल्य तल आइसकेकाले पनि लगानीकर्ताहरुले ती बैंकहरुको शेयर खरीद गरेको बताएका छन् ।

वाणिज्य बैंकपछि लघुवित्त समूहका कम्पनीको शेयरमा आकर्षण बढी देखिएको छ । साउन महीनामा लघुवित्त समूहको शेयर कारोबार कुल कारोबारमा १३ दशमलव ८२ प्रतिशत रहेको छ ।

धितोपत्र दोस्रो बजारमा ५२ ओटा लघुवित्त कम्पनीहरु सूचीकृत रहेका छन् । ती कम्पनीहरुको साउन महीनामा रू. ४ अर्ब ९० लाख बराबरको ४७ लाख ९१ हजार २२० कित्ता शेयर खरीदविक्री भएको छ । 
कोरोना महामारीका बीच देशभरको जनजीवन तथा व्यवसाय प्रभावित भइरहँदा शेयर बजारमा भने  लगानीकर्ताहरु उत्साहित भएको पाइएको छ ।

पूर्ण अनलाईन कारोबार प्रणालीको विकास भइसकेको शेयर बजारमा लगानीकर्ताले शुरुका दिनमा प्रयोग नगर्दा ९८ दिन बजार बन्द भएको थियो । संक्रमणका कारण लामो समय बजार प्रभावित हुने सम्भावना देखिएपछि बजार सम्बद्ध सरोकार निकायहरुले अनलाईन कारोबार प्रणालीलाईनै प्राथमिकतामा राखी कोरोना महामारीकै बीच गत असार १५ गतेदेखि बजार निरन्तर सञ्चालन गरिरहेका छन् ।

शुरुका दिनमा अनलाईन कारोबार प्रणालीमा आवद्ध हुन नचाहने र आवद्ध भएकाहरु पनि कारोबारमा सहभागी नहुँदा प्रयोग विहीन भएको अनलाईन कारोबार प्रणालीबाट पछिल्लो दिनमा ९० प्रतिशतभन्दा बढी कारोबार हुने गरेको छ । अहिले दोस्रो बजारमा कारोबारका लागि करीब ६५ हजार लगानीकर्ताहरुले अनलाईन युजर नेम र पासवर्ड लिईसकेका छन् ।

कोरोना महामारीका कारण अन्य क्षेत्रको व्यवसाय बन्द रहँदा घरमै बसेर व्यवसाय गर्न मिल्ने वातावरण शेयर बजार बनेकाले पनि पछिल्लो समय यस क्षेत्रमा उत्साह थपिएको देखिन्छ ।

गत भदौ १५ गते नेपालको शेयर बजारमा कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । उक्त दिन रू. ३ अर्ब ४६ करोडभन्दा बढीको शेयर कारोबार भएको हो । 
नेपालमा मात्र नभएर विश्वभरको जनजीवन कोरोना महामारीका कारण प्रभावित बनेको छ ।

अनलाईन कारोबार प्रणालीको विकाससँगै देश तथा विदेशबाटै शेयर खरीदविक्री गर्ने वातावरण बनेकाले विदेशमा भएका लगानीकर्ताहरुले पनि यो क्षेत्रमा लगानी गरिरहेको नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले जानकारी दिएको छ ।

 दोस्रो बजारमा सक्रिय २ लाख ७८ हजारभन्दा बढी लगानीकर्ताहरुमध्ये करीब ६५ हजार मात्र अनलाईन कारोबार प्रणालीमा जोडिएकाले अवको दिनमा अनिवार्य बनेको यस प्रणालीमा बाँकी लगानीकर्ताहरु पनि जोडिनुको विकल्प नभएको नेप्सेका एक अधिकारीले बताए ।

साउन महीनामा समूहगत रुपमा भएको शेयर कारोबार विवरण :

स्रोत : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)